
- सपाले आगामी विधानसभा चुनाउमा कुनै मुसलमानलाई बनाउन् सीएमको अनुहार
बरेली, 12 नोभेम्बर (हि.स.) । समाजवादी पार्टी (सपा)-का राष्ट्रिय अध्यक्ष अखिलेश यादवको प्रस्तावित बरेली दौड़ाहपूर्व राजनीतिक जगतमा खैलाबैला शुरू भएको छ। अल इण्डिया मुस्लिम जमातका राष्ट्रिय अध्यक्ष मौलाना शहाबुद्दीन रजवी बरलवीले अखिलेश यादवमाथि मुसलमानहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै बयान दिएका छन्। मौलानाले भने, सपाको आधर मुसलमानहरू र यादवहरूको गठजोड़मा अड़िएको छ। त्यसैले आगामी वर्ष 2027-को विधानसभा चुनाउमा कुनै मुसलमानलाई मुख्यमन्त्रीको अनुहार बनाइयोस्।
मौलानाले भने, उत्तप प्रदेशमा 20 प्रतिशत मुसलमान तथा यादव समाजको सहयोगले मुलायम सिंह कैयौं पटक मुख्यमन्त्री भए भने अतिलेश यादव पनि एकचोटि मुख्यमन्त्री भए। तर अब सपाले कुनै मुसलमानलाई मुख्यमन्त्री पदको अनुहार घोषणा गर्ने समय आइसकेको छ। उनले भने, अखिलेश यादवले यो बताउन् कि उनको परिवारका सदस्यहरू कहिलेसम्म मुसलमानहरूको काँधमा चढ़ेर मुख्यमन्त्री भइरहने हो।
मौलानाले आरोप लगाए, सपाले मुसलमानहरूको 20 प्रतिशत जनसंख्या भए पनि उनीहरूलाई टिकट दिनमा सदैव भेदभाव गर्दै आएको छ। तर जुन जातिको जनसंख्या मात्र पाँच प्रतिशत छ, उनीहरूलाई दुई गुणा प्रतिनिधित्व दिइयो।
पूर्व मुख्यमन्त्री अखिलेश यादवमाथि कटाक्ष गर्दै मौलानाले भने, कुनै एकजना मुसलमानको घरमा गएर खाना खानाले मात्र जातिको भाग्य परिवर्तन हुँदैन। आजका मुसलमानहरू जागरूक छन् र सबै कुरा बुझेका छन्। उनले चेताउनी दिए, यदि आगामी वर्ष 2027-को चुनाउमा मुसलमानहरूलाई जनसंख्याको आधारमा टिकट दिइएऩ भने सपाभित्रै विद्रोह हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा