नीतीशरूपी छालले सम्हालिन अगावै विरोधीहरूलाई बगायोः नवल शर्मा
नीतीशरूपी छालले सम्हालिन अगावै विरोधीहरूलाई बगायोः नवल शर्मा


पटना, 12 नोभेम्बर (हि.स.)। जदयू प्रवक्ता नवल शर्माले भने, बिहार विधानसभा चुनाउमा नीतीश कुमाररूपी हुरीले विरोधीहरूलाई ढलाइदियो। यो एउटा यस्तो छाल थियो जसले सम्हालिन अगावै विरोधीहरूलाई बगाएर लग्यो।

वास्तविकतामा यो चुनाउ आँकड़ाको होइन, नीतीश कुमारको नाममा गरिएको विश्वासको थियो। जहाँ अन्य दलहरू जोड़-घटाउमै अल्झिरहे, त्यहाँ नीतीश कुमारले जनसेवाको उच्च मानदण्ड स्थापना गरेर मानिसहरूसित पहिलाबाटै मनको साइनो जोड़िसकेका थिए जसको परिणामस्वरूप जातीय गणना परास्त भयो अनि विकाससित जोड़िएको मानिसहरूको भावनाको जीत भयो। मानिसहरूले जोड़-घटाउलाई हेरेनन्, भरोसालाई मात्र हेरे र त्यो भरोसा नीतीश कुमारमाथि थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande