मलाई कुन आधारमा पार्टीबाट निकालियो, पार्थले जेलबाट रिहा हुनसाथ ममतालाई लेखे पत्र
मलाई कुन आधारमा पार्टीबाट निकालियो, पार्थले जेलबाट रिहा हुनसाथ ममतालाई लेखे पत्र


कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका पूर्व शिक्षा मन्त्री तथा तृणमूल कंग्रेसका तत्कालीन महासचिव पार्थ च्यटर्जीले जेलबाट रिहा हुनसाथ तृणमूल कंग्रेसमा आफ्नो सक्रियाता बढ़ाउने पहल शुरू गरेका छन्। गए मंगलवार राती पार्टी सुप्रीमो एवं मुख्यमन्त्री ममता ब्यनर्जीलाई पत्र लेखी आफूलाई पार्टीबाट निलम्बन गरेकोमा प्रश्न उठाएका छन्। उनले यो पनि सोधेका छन्, कुन प्रावधान अऩ्तर्गत उनको मूल सदस्यतालाई निलम्बित गरिएको थियो।

च्यटर्जीलाई मंगलवार न्यायिक हिरासतबाट तीन वर्ष तीन महिनापछि जमानतमा रिहा गरियो। सोही दिन उनले यो पत्र ममता ब्यनर्जी अतिरिक्त पार्टीका अखिल भारतीय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यनर्जी अनि राज्य अध्यक्ष सुब्रत बक्सीलाई पनि पठाए। पार्थ च्यटर्जीले तृणमूल कंग्रेसको संविधानका ती धाराहरूको उल्लेख गर्ने माग गरेका छन् जसान्तर्गत उनलाई निलम्बित गरियो।

उल्लेखनीय छ, जुलाई, 2022- मा प्रवर्तन निदेशालय (ईडी)- द्वारा करोड़ौं रुपियाँको शिक्षक भर्ती घोटालाको सिलसिलामा पक्रा परेपछि तृणमूल कंग्रेसले च्यटनर्जीलाई मन्त्री पद सहित सम्पूर्ण संगठनात्मक जिम्मेवारीहरूदेखि मुक्त गरिदिएको थियो। उनलाई अनिश्चितकालको लागि पार्टी सदस्यताबाट पनि निलम्बित गरिएको थियो। यहाँसम्म कि पार्टीले महासचिवको पदलाई पनि समाप्त गरिदिएको थियो जुन पहिला पार्थ च्यटर्जीसित थियो।

पार्टी सूत्र अनुसार जेलमा लामो समय बिताए पनि च्यटर्जीले केही पुराना निकटवर्ती नेताहरूसित सम्पर्क राखेका थिए। उनीहरूको भनाइ छ, पत्रमा च्यटर्जीले यो पनि उल्लेख गरे कि अतीतमा अन्य तृणमूल नेताहरूलाई केन्द्रिय एजेन्सीले पक्राउ गर्दा पार्टी नेतृत्वहरू उनीहरूको पक्षमा बसेर समर्थन गरेका थिए। तर उनको मामिलामा अपवाद राखियो।

रिहाई पश्चात पार्थले आफ्नो राजनीतिक भविष्यलाई लिएर आशा व्यक्त गरे। उनले भने, उनी अब आफ्नो विधानसभा क्षेत्र बेहाला (पश्चिम)-का मानिसहरूलाई भेट् गर्न जानेछन् जहाँबाट उनले वर्ष 2001-देखि लगातार पाँच पटक विधायक बने, उनीहरूसित सल्लाह माग्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande