
पटना, 12 नोभेम्बर (हि.स.)। राष्ट्रिय जनता दल (राजद)- का नेता औ महागठबन्धनको मुख्यमन्त्री पदका उम्मेद्वार तेजस्वी यादवले बुधवार सबै एग्जिट पोललाई शिराबाटै खारेज गरिदिए। उनले आरोप लगाए, यो दबावमा गरिएको सर्वेक्षण हो।
तेजस्वी यादवले आफ्नो आवासमा पत्रकारहरूसित बातचित गर्दै भने, मानिसहरू भोट लगाउनको लागि पंक्तिबद्ध भएर बस्दा एग्जिट पोल आयो। यसकिसिमको सर्वेक्षण दबावमा गरिएको हो। यो त्यै मीडिया हो जसले इस्लामाबाद र कराचीमाथि कब्जा गरेको थियो। यो त्यही मीडिया हो जसले बलीवुड अभिनेता धर्मेन्द्रजीको निधनको खबर चलाएको थियो अनि योगी आदित्यनाथ जस्ता भाजपा नेताको शोक सन्देश समेत जारी गरेको थियो।
तेजस्वी यादवले भने, एग्जिट पोल देखाउने मीडियाले सर्वेक्षणको स्याम्पल साइजको बारेमा कुरा गर्न सकिरहेको छैन। उनले आरोप लगाए, केन्द्रमा बसेका मानिसहरूले जे फसेला गर्छन्, त्यहीँ हुन्छ। उनले भने, वर्ष 2020-को विधानसभा चुनाउको तुलनामा 72 लाख अधिक मानिसहरूले भोट दिएका छन् र 243 वटा विधानसभा क्षेत्रहरूमा विभाजित गर्दा यो संख्या प्रतिविधानसभा क्षेत्र 29,000 भन्दा अधिक हुनेछ। यो बम्पर भोटिंग परिवर्तनको लागि हो। प्रदेशमा सरकार परिवर्तन हुनेछ। 72 लाख भोट नीतिश कुमारलाई बचाउनको लागि होइन, उनको सरकारलाई परिवर्तन गर्नको लागि हो।
महागठबन्धनको मुख्यमन्त्री पदका उम्मेद्वार तेजस्वी यादवले भने, यसपूर्व मीडियाले झारखण्ड र पश्चिम बंगालमा पनि एग्जिट पोलमा हार देखाएको थियो, तर परिणाम त्यसको विपरीत आयो। यति मात्र होइन, वर्ष 2024-को लोकसभा चुनाउमा एजेन्सीहरूले चारसयभन्दा अधिक सीटहरू जिताइरहेका थिए। उनले यो पनि आरोप लगाए, मतगणनालाई मन्द बनाउने चेष्टा गरिनेछ र हरेक जिल्लामा सेनाको फ्ल्याग मार्च निकालेर डर उत्पन्न गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा