
नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज मुख्यमन्त्री जनसेवा सदनमा आयोजित जनसुनवाई कार्यक्रममा राजधानीको हरेक कुनाबाट आएका मानिसहरूको सुझाउ अनि सिकायत सुनिन्। उनले अधिकारीहरूलाई स्पष्ट निर्देश दिएकी छन्, सबै सिकायतहरूको समाधान तय समय-सीमाभित्रमा गरियोस्।
मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, जनसम्वाद नै सुशासनको आत्मा हो। यसै सम्वादबाट हाम्रो ‘सुशासन’- को संकल्प अझ सशक्त हुन्छ। उनले भनिन्, जनतामाझ बसेर उनीहरूको समस्यालाई बुझ्नु अनि तुरून्त कारबाही सुनिश्चित गर्नु नै जनसेवाको संकल्पको मूल हो। जनताको विश्वास नै सरकारको सबैभन्दा ठूलो शक्ति हो र हामी यसै विश्वासको साथमा दिल्लीलाई एक स्वच्छ, सुरक्षित औ विकसित राजधानी बनाउने संकल्पमा निरन्तर अग्रसर भइरहेका छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा