दिल्ली विस्फोटपछि कोलकातामा सुरक्षा बढ़्यो, सबै वाहनहरूको जाँच गर्ने निर्देश जारी
दिल्ली विस्फोटपछि कोलकातामा सुरक्षा बढ़्यो, सबै वाहनहरूको जाँच गर्ने निर्देश जारी


कोलकाता, 12 नोभेम्बर (हि.स.)। दिल्लीमा भएको कार बम विस्फोटपछि कोलकाता पुलिस सतर्क भएको छ। पुलिस आयुक्त मनोजले बुधवार शहरभरिकै सुरक्षा व्यवस्थालाई कड़ा बनाउने निर्देश जारी गरेका छन्। आदेश अनूरूप कोलकाताका विभिन्न भागहरूमा अतिरिक्त चौकीहरू स्थापना गरेर वाहनहरूको गहन जाँच गरिँदैछ जसमा बिकन लाइट (नीलो वा रातो बत्ती) वाहनहरू पनि सामेल छन्।

पुलिस सूत्र अनुसार प्रत्येक नाकामा वाहनहरूको बुटको जाँच अनिवार्य गरिएको छ। यसको साथै कुनै वाहनलाई लामो समयसम्म छोड़िएकोमा त्यसलाई तुरून्तै जाँचको दायरामा लिने निर्देश दिइएको छ। पुलिस अधिकारीहरूसित भनिएको छ, उनीहरूले शहर तथा यस वरपरका संवेदनशील क्षेत्रहरूलाई चिन्हित गरी त्यहाँ विशेष निगरानी राखुन्।

पुलिसलाई यो पनि सल्लाह दिइएको छ, यदि कुनै क्षेत्रमा नयाँ व्यक्तिलाई संदिग्ध गतिविधिहरू गर्दै गरेको देखियो भने त्यसको सम्पूर्ण जानकारी लिइयोस्। यदि कुनै शंकाको कुरा देखियो भने उसलाई तत्कालै हिरासतमा लिएर जाँचबुझ गरियोस् अनि आवश्यकता परे उसको घरको पनि खानतलासी गरियोस्।

दिल्लीमा गत सोमवार भएको कार बम विस्फोटमा 8 जना मानिसहरूको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए। त्यसपछि कोलकाता पुलिसले शहरका सबै थाना र ट्राफिक गार्ड्सलाई अलर्टमा बस्ने निर्देश दियो। गए मंगलवार पुलिस आयुक्त मनोजले सबै थाना प्रभारी र ट्राफिक गार्ड्सका अधिकारीहरूसित एक भर्चुअल बैठक गरे।

बैठकमा निर्देश दिइयो, प्रत्येक थाना क्षेत्रमा धेरैवटा स्थानमा नाका जाँच गरियोस् ताकि कुनै पनि वाहन पुलिसको नजरदेखि बच्न नसकोस्। संदिग्ध देखिए वाहनहरूको बुट र आन्तरिक भागहरूको पूर्ण जाँच गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande