
कानपुर, 12 नोभेम्बर (हि.स.)। राजधानी दिल्लीमा गत सोमवार साँझ भएको बम ब्लास्टको मामिलामा लखनऊमा बस्ने डाक्टर शाहीनलाई पक्राउ गरिएको छ। उसको कानपुरसित पनि कनेक्शन रहेको थाहा लागेको थियो जसपश्चात जाँच एजेन्सी मामिलाको अनुसन्धान गर्नको लागि शहरमा आइपुगेको थियो।
अन्ततः बुधवार शाहीनका पहिलो पति डा. जफरले मीडिया समक्ष आफ्नो पक्ष राखेका छन्। उनले बताए, वर्ष 2003-मा विवाह अनि वर्ष 2013-मा सम्बन्ध विच्छेद भएपछि शाहीनसित उनको कुनै सम्बन्ध छैन।
दिल्ली बम ब्लास्ट मामिलामा फरिदाबादबाट पक्राउ गरिएको डाक्टर शाहीन सिद्दीकी कानपुरको गणेश शंकर विद्यार्थी मेडिकल कलेज (जीएसवीएम)-मा तैनाथ रहिसकेकी छन्। जाँच एजेन्सीको जाँचपश्चात अब उसको पहिलो पति डाक्टर जफर हयातले मौनता भंग गरेका छन्।वर्तमानमा उनी बिरहाना रोडस्थित केपीएम अस्पतालमा नेत्र रोग विशेषज्ञको पदमा तैनाथ छन्।
आफ्नो पक्ष राख्दै उनले बताए, वर्ष 2003-मा उनको र शाहीनको अरेञ्ज म्यारिज भएको थियो। यी दुईको दुई सन्तानहरू पनि छन्। तर सदैव अस्ट्रेलिया र यूरोपियन कन्ट्रीहरूमा स्थायी रूपमा बस्नको लागि चाप दिने गर्दथी जसकारण वर्ष 2013-मा हाम्रो सम्बन्ध विच्छेद भयो र दुवै सन्तान मसित छन् जसलाई मैले राम्रोसितले हुर्काइरहेको छु। तथापि उ हामीलाई भेट्न कहिल्यै आइन।यसबीच उ आतंकवादी संगठनसित कसरी जोडी? उसकोमा एके-47 कहाँबाट आयो? यस विषयमा मलाई केही थाहा छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा