चिया बगानमा हमला, एक जना महिलाको मृत्यु, दोस्रो गम्भीर रूपमा घाइते, भीड़ले गऱ्यो तोड़फोड़ अनि आगलगी
चिया बगानमा हमला, एक जना महिलाको मृत्यु, दोस्रो गम्भीर रूपमा घाइते, भीड़ले गऱ्यो तोड़फोड़ अनि आगलगी


तिनसुकिया (असम), 12 नोभेम्बर (हि.स.)। असमको दुमदुमास्थित रुपाई चिया बगानमा गए मंगलवार राति भएको एक हिंसक हमलामा एक जना महिलाको मृत्यु भयो अने अर्को महिला गम्भीर रूपमा घाइते भई। यस घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ साथै आक्रोशित भीड़ले केही घर तथा दोकानहरूमा आगो लगाइदियो।

स्थानीय मानिसहरू अनुसार स्थानीय नरत्तम भूमिजले धारिलो हतियारले शीला नन्दा र उनकी बुहारी रश्मि कर्मकारमाथि हमला गरे। हमलामा शीला गम्भीर रूपमा घाइते भइन् जसलाई हतार-हतार अस्पतालमा लगियो, तर डाक्टरले तिनलाई मृत घोषित गरिदिए। रश्मिलाई गम्भीर अवस्थामा डिब्रुगढ़को अस्पतालमा भर्ती गरिएको छ।

हमला पश्चात आक्रोशित मानिसहरूले आरोपीलाई पुलिसमा सुम्पिनअघि मृतकाको शवलाई नसुम्पिने चेताउनी दिए साथै धेरै वटा घर, दोकान र एउटा ई-रिक्शामा आगो लगाइदिए।

पुलिसले तत्परता देखाउँदै नरत्तम भूमिजलाई बाघजान क्षेत्रबाट पक्राउ गऱ्यो। तथापि रूपाई चिया बगान क्षेत्रको स्थिति अहिले पनि तनाउपूर्ण नै छ जहाँ पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande