
कोलकाता, 12 नोभेम्बर (हि.स.)। दिल्लीमा भएको कार बम विस्फोट पश्चात देशभरि नै सुरक्षा एजेन्सीहरू अलर्ट मोडमा आएका छन्। यसै क्रममा पश्चिम बंगालमा पनि रेलवे र शहर पुलिसले सतर्कता बढ़ाएको छ।
बुधवार बिहानदेखिकै बाँकुड़ा रेलवे स्टेशनमा आरपीएफ र जीआरपीएफको संयुक्त टीमले डग स्क्वायड र बम स्क्वायडको मद्दतले गहन जाँच अभियान चलाइरहेको छ। स्टेशन परिसर, प्लेटफर्म, पार्सल कार्यालय तथा पार्किंग क्षेत्रसम्म हरेक वाहन र सामानको ध्यानपूर्वक जाँच गरियो। यात्रीहरूको ब्याग र ट्रेनहरूको हरेक कोचमा पनि स्नीफर डगको सहयोगले जाँच गरियो। अधिकारीहरू अनुसार माथिल्लो आदेश अऩुरूप यो खोजी अभियान हाल लगातार जारी रहनेछ।
यता कोलकातामा पनि दिल्ली बम विस्फोटपछि लाल बजार (कोलकाता पुलिस मुख्यालय)-ले सतर्कता बढ़ाएको छ। सबै थाना र ट्राफिक गार्ड्सलाई नाका चेकिंग बढ़ाउऩे निर्देश दिइएको छ। बुधवार बिहान पुलिसले पार्क स्ट्रीट सहित शहरका विभिन्न क्षेत्रमा अवस्थित होटलहरूमा छापामारेर त्यहाँ बसेका अतिथिहरूको विस्तृत जानकारी जुटायो। होटल रेकर्ड र रजिस्ट्ररको पनि जाँच गरियो।
सूत्र मुताविक गए मंगलवार अबेर राती पुलिस आयुक्तले सबै थाना प्रभारी तथा ट्राफिक अधिकारीहरूसित भर्चुअल बैठक गरी सुरक्षा रणनीति तय गरे। निर्देश दिइयो, प्रत्येक थाना क्षेत्र अन्तर्गतका विभिन् स्थानहरूमा नाका चेकिंग गरिनुपर्छ ताकि कुनै पनि वाहन पुलिसको नजरदेखि बच्न नसकोस्। संदिग्ध वाहनहरूको डिक्की र आन्तरिक भागहरूको जाँच अनिवार्य गरिएको छ। यहाँसम्म कि नीलो र रातो रंगको बत्ती लगाएका वाहनहरूका चालकहरूसित पनि जाँचबुझ गर्ने निर्देश दिइएको छ।
लालबजारले यो पनि आदेश दिएको छ, कुनै पनि क्षेत्रमा नयाँ वा संदिग्ध व्यक्ति देखिए तुरून्तै जानकारी दिइयोस् अनि शंका लागे उसलाई हिरासतमा लिएर जाँचबुझ गरियोस्। दिल्ली विस्फोट पश्चात देशभरि नै सुरक्षा बलहरूको सतर्कता बढ़ेकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा