वाहनको चपेटमा परी महिलाले गुमाइन् ज्यान
वाहनको चपेटमा परी महिलाले गुमाइन् ज्यान


खड़गपुर (पश्चिम मेदिनीपुर), 12 नोभेम्बर (हि.स.)। जिल्लाको खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग- 16 मा गए मंगलवार राती भएको सड़क दुर्घटनामा परी एकजना महिलाको मृत्यु भयो। घटना खड़गपुर लोकल थाना अन्तर्गत खाटरांगा क्षेत्रमा भएको हो।

सूत्र अनुसार महिला एकजना युवकको मोटरसाइकलमा सवार भएर खड़गपुर तर्फ गइरहेकी थिइन्। यसै क्रममा बाइकले अचानक नियन्त्रण गुमाएको कारणले सड़कमा लड़्यो। महिला पनि लड़िन्। यसै अवधि पछिबाट आइरहेको द्रूत गतिको वाहनले महिलालाई कुल्चियो जसले गर्दा महिलाको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाउनसाथ राष्ट्रिय राजमार्ग प्राधिकरण तथा खड़गपुर लोकल थाना पुलिसले घटनास्थलमा पुगेर मृतकाको शवलाई कब्जामा लियो। पुलिसले बतायो, मृत महिलाको पहिचान अहिलेसम्म खोलिन सकेको छैन। प्रारम्भिक जानकारी अनुसार महिला नारायणगढ़को मकरामपुरस्थित एक मोटरबाइकको शोरूममा काम गर्दथिन्।

दुर्घटनापछि केही समयसम्म राष्ट्रिय राजमार्गमा यातायात बाधित रह्यो जसलाई पुलिस र एनएच अधिकारीहरूको सहयोगले सामान्य बनाइयो। हाल खड़गपुर पुलिसले भगौड़ा वाहनलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande