14 देखि 20 नोभेम्बरसम्म ७२औं अखिल भारतीय सहकारी सप्ताह पालन गरिने
14 देखि 20 नोभेम्बरसम्म ७२औं अखिल भारतीय सहकारी सप्ताह पालन गरिने


पाकिम, 12 नोभेम्बर (हि.स.)। सिक्किम राज्य सहकारी संघका कर्मचारीहरूको एक बैठक बोर्ड रूममा संघका अध्यक्ष डा. मङ्गलजित राईको अध्यक्षतामा बस्यो। बैठकमा सीईओ, ईओ, वरिष्ठ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो। संघका डा. राईले गत वर्षझैं यस वर्ष पनि ७२औं अखिल भारतीय सहकारी सप्ताह आगामी १४ देखि २० नोभेम्बर, २०२५ सम्म आयोजना गरिने बताए।

संघका जारी एक प्रेस विज्ञप्ति अनुसार, भारतभरका सहकारी संस्थाहरूले आगामी १४ देखि २० नोभेम्बरसम्म ७२औं अखिल भारतीय सहकारी सप्ताह मनाउनेछ, जुन १९५१ मा भारतीय राष्ट्रिय सहकारी संघद्वारा सहकारी जागरूकता प्रवर्द्धन गर्न र भारतीय सहकारी आन्दोलनका दूरदर्शी नेता वैकुण्ठ भाई मेहताको विरासतलाई सम्मान गर्न शुरु गरिएको वार्षिक राष्ट्रव्यापी कार्यक्रम हो।

यस वर्षको विषय 'आत्मनिर्भर भारतको लागि वाहनको रूपमा सहकारिता' राखिएको छ भने हरेक दिनका लागि उप-विषयहरू पनि तय गरिएका छन्। राष्ट्रिय सहकारी संघको एक प्रमुख सदस्यको रूपमा सिक्किम राज्य सहकारी संघले सहकारिता विभाग र सिक्किमका सर्वोच्च सहकारी निकायहरूसँगको समन्वयमा सिक्किमका सबै छ जिल्लाहरूमा सहकारी सप्ताह र अन्तरराष्ट्रिय सहकारी वर्ष कार्यक्रमहरू सञ्चालन गर्नेछ। यो निर्णय ७ अक्टोबर, २०२५ मा आयोजित संघको कार्यकारी समितिको बैठकमा लिएको बताइएको छ।

७२औं अखिल भारतीय सहकारी सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको १४ नोभेम्बरका दिन नाम्चीमा गरिने छ। यसपछि, १५ नोभेम्बरमा गेजिङ, १६ नोभेम्बरमा सोरेङ, १७ नोभेम्बरमा मङ्गन, १८ नोभेम्बरमा गान्तोक, १९ नोभेम्बरमा पाकिम र २० नोभेम्बरमा संघको सभागृहमा समापन समारोह सम्पन्न गरिने छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande