बिहे समारोहमा एक लाखको क्यामरा चोरी
बिहे समारोहमा एक लाखको क्यामरा चोरी


शिमला, 12 नोभेम्बर (हि.स.)। रोहडू उपमण्डल अन्तर्गत चिडगाउँ थाना क्षेत्रमा बिहे समारोहमा फोटोग्राफी गर्न आएको एक व्यक्तिको क्यामरा लेन्स चोरी भयो। यसलाई लिएर पुलिसले भारतीय न्याय संहिताको धारा 305 र 331(4) अन्तर्गत केस दर्ता गरी जाँच शुरू गरेको छ।

शिकायतकर्ता पंकज सूद पुत्र सतीश कुमार सूद निवासी राजगढ़ जिल्ला सिरमौरले पुलिसलाई दिएको शिकायतमा बताए, 24 अक्टोबरमा उनी भाटवाड़ी गाउँमा एक बिहे समारोहमा फोटोग्राफीको निम्ति गएका थिए। त्यहाँ उनको साथ एक अन्य फोटोग्राफर सुरजीत ठाकुर निवासी जिल्ला पटियाला पञ्जाब (आयु 49 वर्ष) पनि आएको थियो।

शिकायत अनुसार, बिहेमा अनिल कुरलाको घरमा जहाँ दुवै फोटोग्राफर बसेका थिए, त्यहाँबाट पंकज सूदको 85 मिमी सोनी जी मास्टर क्यामरा लेन्स चोरी भयो। यस लेन्सको दर लगभग 1,07,220 रुपियाँ बताइएको छ। पंकज सूदले आरोप लगाए कि उक्त लेन्स सुरजीत ठाकुरले चोरेको हो।

मामिलाको जाँच थाना चिडगाउँ अन्तर्गत पुलिस चौकी झंगलाका मुख्य आरक्षी दीपकलाई सुम्पिएको छ। पुलिसले शिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande