बनकटा पुलिस र पशु तस्करबीच भिड़न्त
बनकटा पुलिस र पशु तस्करबीच भिड़न्त


देवरिया, 12 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको देवरिया जिल्लामा बनकटा पुलिस र पशु तस्करबीच भएको भिड़न्तमा पशु तस्कर घाइते भएको छ। तस्करलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।

पुलिस अधीक्षक संजीव सुमनले बताए, अपराध एवं अपराधीहरू विरूद्ध जारी अभियान अन्तर्गत थाना बनकटा पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिस टीमले एक पिकअप वाहनबाट 11 वटा गाईवस्तुलाई उद्धार गर्दै एक शातिर पशु तस्कर दिलीप सोनकर पुत्र छोटे लाल सोनकर निवासी परसिया करकटही थाना खुखुन्दू, जिल्ला देवरियालाई एक देशी पेस्तोल र दुई जिउँदो कारतूसको साथ पक्राउ गरेको थियो।

अभियुक्त दिलीपले पेट दुःखेको शिकायत गऱ्यो, जसपछि स्थानीय पुलिसले उसलाई प्राथमिक स्वास्थ्य केन्द्र लगिरहेको थियो। सोही अवधि दास नरहिया मोड़ निकट उसले वाहनबाट तल उर्लिने अऩुमति माग्यो र उप निरीक्षको पेस्तोल खोसेर भाग्दै पुलिस टीममाथि गोलीबारी गऱ्यो। जवाबी गोलीबारीमा उसको खुट्टामा गोली लाग्यो। घाइते अभियुक्तलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। पुलिसद्वारा नियमानुसार अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande