
गान्तोक, 12 नोभेम्बर (हि.स.)। भारत सरकारको शिक्षा मन्त्रालयको ध्वजवाहक कार्यक्रम 'एक भारत श्रेष्ठ भारत' अन्तर्गत आज पीएम श्री सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयमा राज्यस्तरीय प्रतियोगिता सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थी कल्याण्ड बोर्ड, शिक्षा विभागका अध्यक्ष सोनाम छोपेल शेर्पा मुख्य तथा अतिरिक्त निदेशक, समग्र शिक्षा एडी छेत्री र लेखा अधिकारी दिपक राई विशेष अतिथि थिए।
कार्यक्रममा राज्यका सबै छ जिल्लाका विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरू, शिक्षकगण तथा जिल्ला र ब्लकबाट शिक्षा अधिकारीहरू सहभागी बने। आज कुल तीनवटा विधामा प्रतियोगिता सम्पन्न गरियो, जसमा लोक/पारम्परिक नृत्य प्रतियोगिता, प्रश्नोत्तर प्रतियोगिता र 3डी मोडल प्रदर्शनी एवं प्रतियोगिता सामेल थिए।
मुख्य अतिथि शेर्पाले आफ्नो सम्बोधनमा सबै प्रतिभागीहरूलाई उत्कृष्ट प्रदर्शनको लागि बधाई दिए। उनले भारतको भाषिक र सांस्कृतिक विविधताको महत्वमाथि जोड दिॅंदै विद्यार्थीहरूलाई आफ्नो समुदायको भाषा र बोलीहरू सिक्न एवं संरक्षण गर्ने कुरामा गर्व गर्न आह्वान गरे।
विशेष अतिथि अतिरिक्त निदेशक छेत्रीले कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए। प्रतियोगिताका विजेताहरूलाई अतिथिहरूको बाहुलीद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारहरू प्रदन गरियो।
हिन्दुस्थान समाचार / बिशाल