
मङ्गन, 12 नोभेम्बर (हि.स.)। मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आपदा परिदृश्यमाथि आगामी राज्यस्तरीय मक-एक्सरसाइजलाई लिएर आज एक समन्वय बैठक आयोजन गरियो। नाडल अधिकारीहरू र सरोकारवालाहरूको उपस्थिति आयोजित यस बैठकमा प्रस्तावित कार्यक्रमको तयारी र समग्र परिदृश्यमाथि चर्चा गरियो।
बैठकमा सबै सरोकारवालाहरूको विशिष्ट भूमिका र जिम्मेवारीहरूको बारेमा छलफल गरियो। प्रत्येक विभाग र एजेन्सीलाई आ-आफ्नो कर्तव्य र प्रभावकारी कार्यान्वयनको लागि राम्रो समन्वय र तयारी सुनिश्चित गर्न आगामी 17 नोभेम्बरमा आयोजना हुने राज्यस्तरीय मक-एक्सरसाइजको कार्यविधिको बारेमा जानकारी गराइयो। बैठकको उद्देश्य आगामी राज्यस्तरीय अभ्यासको लागि प्रभावकारी तयारी र समन्वयित प्रतिक्रिया सुनिश्चित गर्नु थियो।
जिल्लापालले तयारी, समयमै सञ्चार र अन्तरविभागीय समन्वयको महत्त्वमा जोड दिए। उनले राहत शिविरहरूको कुशल स्थापना र व्यवस्थापन, पर्याप्त सुविधाहरू, सुरक्षा उपायहरू र उचित सञ्चार प्रणाली सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे।
हिन्दुस्थान समाचार / बिशाल