नाम्चीमा व्यापक साफ सफाई अभियान सम्पन्न
नाम्चीमा व्यापक साफ सफाई अभियान सम्पन्न


नाम्ची, 12 नोभेम्बर (हि.स.)। राष्ट्रिय एकता दिवसको एक भागको रूपमा आज नाम्चीमा व्यापक साफ सफाई अभियान आयोजन गरियो। नाम्ची जिल्ला प्रशासनले माई भारत केन्द्र नाम्चीको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राई, पञ्चायति राजकी सल्लाहकार रमा तामाङ, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, जिल्लापाल अनुपा तामलिङ लगायत विभागीय अधिकारीहरू र कर्मचारीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू आदि सहभागी बनेका थिए।

विधायक राईले जिल्ला प्रशासनको यस महान कार्यको सराहना गरे। उनले साफ-सफाईलाई दिनचर्या बनाउन तथा नाम्चीलाई साफ-सफाई र नागरिक जिम्मेवारीको एक आदर्श शहर बनाउन नागरिकहरूलाई आह्वान गरे।

यसपछि, यस अभियानमा सहभागीहरूलाई समूहमा विभाजित गरेर नाम्ची शहरका विभिन्न ठाउॅंहरूमा साफ-सफाई गरियो। समूहहरूले सार्वजनिक स्थलहरूबाट प्लास्टिक पदार्थहरू र फोहोरहरू संकलन गर्दै नागरिकहरूलाई स्वच्छ एवं स्वस्थ पर्यावरणको महत्वबारे सचेत पनि गराए। नाम्ची नगर परिषदले संकलित फोहोरहरूको उचित व्यवस्थापन सुनिश्चित गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande