राज्यस्तरीय अन्तर विद्यालय ब्यान्ड प्रतियोगितामा टीएनएम र टीएनएचएस विद्यालय विजयी
राज्यस्तरीय अन्तर विद्यालय ब्यान्ड प्रतियोगितामा टीएनएम र टीएनएचएस विद्यालय विजयी


गान्तोक, 12 नोभेम्बर (हि.स.)। राजधानीको टाशी नामग्याल एकाडेमीको खेलमैदानमा आज राज्यस्तरीय अन्तर विद्यालय ब्यान्ड प्रतियोगिता 2025 सम्पन्न गरियो। कार्यक्रममा राज्य शिक्षा विभागका सचिव टाशी छोपेल मुख्य अतिथि थिए।

यस प्रतियोगितामा कुल छवटा विद्यालयले भाग लिएको थियो, जसमा चारवटा कन्या विद्यार्थीहरूको पाइप ब्यान्ड र दुईवटा केटा विद्यार्थीहरूको पाइप ब्यान्ड सामेल थिए। प्रतिभागी विद्यालयहरूमा पीएम श्री देवराली कन्या उच्चतर माध्यमिक विद्यालय, टाशी नामग्याल एकोडेमी, पीएम श्री मङ्गन सरकारी उच्चतर माध्यमिक विद्यालय, पाल्जोर नामग्याल कन्या उच्चतर माध्यमिक विद्यालय र पीएम श्री च्याखुङ कन्या उच्चतर माध्यमिक विद्यालय सामेल थिए।

मुख्य अतिथि टाशी छोपेलले सबै छ जिल्लाको विद्यालयका विद्यार्थीहरूलाई उनीहरूका उत्कृष्ट प्रदर्शनको लागि बधाई दिए। उनले कार्यक्रममा भाग लिन सुदूर मङ्गन र च्याखुङबाट विद्यार्थीहरूको उपस्थितिप्रति सराहना गरे। उनले प्रतियोगिता जितेर जोनल र राष्ट्रियस्तरमा राज्यलाई प्रतिनिधित्व गर्न जाने विजयी दलमाथि राज्यको नामलाई अगाडि बढाएर लैजानु पर्ने ठूलो जिम्मेवारको बारेमा पनि अवगत गराए। उनले आयोजक समितिको प्रयासको सराहना गर्दै भावि प्रतियोगिताहरूमा पनि सोही उत्साह र समर्पणको आशा व्यक्त गरे।

प्रतियोगितामा टाशी नामग्याल एकाडेमी (टीएनए) गर्ल्स पाइप ब्यान्डलाई उत्कृष्ट महिला विद्यालय पाइप ब्यान्ड दल चयन गरियो। यसरी नै टाशी नामग्याल उच्चतर माध्यमिक (टीएनएचएस) विद्यालयलाई उत्कृष्ट पुरुष विद्यालय पाइप ब्यान्ड दल चयन गरियो। विजयी र प्रतिभागी विद्यालयहरूलाई मुख्य अतिथिको बाहुलीद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो।

विजेता दलहरूले गुवाहाटीमा आयोजना हुने आगामी जोनल प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताका निर्णायकहरूमा सिक्किम पुलिस पाइप ब्यान्डका उप निरीक्षक पीबी गुरुङ र राज्य संस्कृति विभागका अब्नेर दनार्ल थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande