
सिलगढ़ी, 12 नोभेम्बर (हि.स.)। सिलगढ़ीको पाँच नम्बर वार्ड अन्तर्गत सन्तोषी नगर क्षेत्रमा अवैध निर्माणलाई भत्काउने क्रममा बबाल मचियो। निगमको कारबाहीलाई लिएर स्थानीय मानिसहरू भड़्किए। घण्टौंसम्म स्थानीय बासिन्दाहरूले सिलगढ़ी नगरनिगमका कर्मचारीहरूलाई घेरेर विरोध प्रदर्शन गरिरहे। पछि वार्ड पार्षद अऩिता महतोले घटनास्थलमा पुगेर तनाउपूर्ण स्थितिलाई सम्हालिन्।
नगरनिगम सूत्र अनुसार घर मालिकमाथि सड़कको एक भागमाथि कब्जा गरेर घर बनाएको आरोप लागेको छ जसलाई लिएर नगरनिगमद्वारा नोटिस जारी गरिएको थियो। तर घर मालिकले कुनै कदम उठाएऩन्। त्यसपछि बुधवार नगरनिगमका कर्मचारीहरू अवैध निर्माणलाई भत्काउन ठाउँमा पुगे। स्थानीय मानिसहरूले व्यापक विरोध प्रदर्शन गर्न थाले जसले गर्दा स्थिति तनाउपूर्ण भयो। पछि वार्ड पार्षद अनिता महतो र पुलिस घटनास्थलमा पुगे अनि स्थितिलाई शान्त बनाए।
घर मालिकको दाबी छ, उनको घर धेरै वर्ष अगाड़ि बनाइएको थियो। उनीसित सबै कागजपत्रहरू छन्। तथापि निगमले यसलाई भत्काउन भनिरहेको छ भने उनलाई सात दिनको समय दिइयोस्, आफै सड़कमाथिको भागलाई भत्काउऩेछन्।
वार्ड पार्षद अनिता महतोको आरोप छ, शहरमा धेरैवटा अवैध निर्माण गरिएको छ। तर एउटा मात्र घरलाई लक्षित किन गरिँदैछ। नगरनिगमले गरीब मानिसहरूमाथि अन्याय गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा