
गान्तोक, 12 नोभेम्बर (हि.स.)। सिक्किमको राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी) ले प्रमुख जिल्ला प्रबन्धकहरू (एलडीएम) र सबै हितधारक बैंकहरूसँगको समन्वयमा नोभेम्बर १४, २०२५, शुक्रबारको दिन गान्तोकमा दाबी नगरिएका वित्तीय सम्पत्ति र निक्षेपहरूबारे शिविर आयोजना गर्दैछ।
शिविरको अध्यक्षता आरबीआई, गान्तोकका क्षेत्रीय निर्देशक टी जमङले गर्नेछन्।र यो भारत सरकारको अर्थ मन्त्रालयद्वारा तपाईँको पैसा, तपाईँको अधिकार विषयअन्तर्गत शुरु गरिएको तीन महिने राष्ट्रव्यापी अभियान (अक्टोबर-डिसेम्बर २०२५) को एक भाग हो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
यस अभियानले नागरिकहरूलाई उनीहरूको दाबी नगरिएका निक्षेप, बीमा पोलिसी, म्युचुअल फन्ड, लाभांश र शेयरहरू पत्ता लगाउन र दाबी गर्न मद्दत गर्ने लक्ष्य राखेको छ, जुन प्रायः जागरूकताको कमी वा पुरानो खाता विवरणका कारण दाबी नगरिएका हुन्छन्।
नागरिकहरू आफ्नो खाता अद्यावधिक गर्न र आफ्नो दाबी नगरिएको रकम दाबी गर्न आफ्ना बैंक शाखाहरूमा जान सक्छन् वा वैध केवाईसी कागजातहरू (आधार, प्यान, फोटो आदि) लिएर शिविरमा उपस्थित हुन सक्छन्। शिविरले दाबी नगरिएको वित्तीय सम्पत्तिको द्रुत र झन्झटमुक्त भुक्तानीको अवसर प्रदान गर्दछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल