डीयू कार्यकारी परिषदको 1279औं बैठक आयोजित
डीयू कार्यकारी परिषदको 1279औं बैठक आयोजित


नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय कार्यकारी परिषद (ईसी)- को 1279औं बैठकको आयोजन कुलपति प्रो. योगेश सिंहको अध्यक्षतामा बिहीवार भयो। यस बैठकमा डीयूको 102औं वार्षिक रिपोर्टको मसौदालाई सर्वसम्मतिले स्वीकृति प्रदान गरियो।

डीयू कुलसचिव डा. विकास गुप्ताले बताए, यो वार्षिक रिपोर्ट 01.04.2024-देखि 31.03.2025 सम्मको अन्तरालको लागि तयार गरिएको छ जसमा वर्ष 2024-25 को अवधिमा दिल्ली विश्वविद्यालयद्वारा गरिएका गतिविधि तथा उपलब्धिहरूमाथि प्रकाश पारिएको छ।

यस रिपोर्टमा दुई भाग छ - पहिलो भागमा सम्बन्धित अवधिको उपलब्धि र गतिविधिहरूको मुख्य बिन्दु, संकाय, विभाग, केन्द्र, महाविद्याल औ वित्त सहित दिल्ली विश्वविद्यालयको शैक्षणिक प्रगतिको जानकारी सामेल छ भने दोस्रो भागमा सूचना एवं आँकड़ा दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande