
जीन्द, 13 नोभेम्बर (हि.स.)। सिविल लाइन थाना पुलिसले वर्क भीसामा विदेश पठाउने नाममा बीस लाख रूपियाँको ठगी गर्ने एक व्यक्ति विरूद्ध धोकाधड़ी समेत विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। बिहिवार हाउसिङ बोर्ड निवासी आशीषले पुलिसलाई दिएको शिकायतमा बताए, रोजगारको निम्ति उ विदेश जान चाहँन्थ्यो। यही सिलसिलामा 2023 मा अजमेरसित उ सम्पर्कमा आयो। जसले बतायो कि उसले वर्क भीसामा मानिसहरूलाई विदेश पठाउँछ र त्यहाँ काम पनि दिलाउँछ।
पहिले पनि उसले धेरै जनालाई विदेश पठाइसकेको छ। जसले गर्दा उ आरोपीको जालमा फस्यो। उसले दिसम्बर 2023 मा आरोपी अजमेरलाई आफ्नो दस्तावेज दियो। आरोपीले सेप्टेम्बर 2024 सम्म बीस लाख रूपियाँ पनि ठग्यो। जसपछि आरोपीले विदेशको निम्ति वर्क भीसा र अन्य दस्तावेज पठायो, ती जाँचमा फर्जी पाइयो। जब उसले रूपियाँ फिर्ता माग्यो तब आरोपीले रूपियाँ फर्काउन खारेज गऱ्यो। सिविल लाइन थाना पुलिसले आशीषको शिकायतमा अमजेर विरूद्ध धोकाध़ड़ीको मामिला दर्ता गरेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी