
नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- को बैठकमा बिहीवार आम आदमी पार्टी (आआप)-का नेताहरू अनि पार्षदहरूले राजधानीमा बढ़्दो प्रदूषणको विरोधमा प्रदर्शन गरे।
आम आदमी पार्टी (आआपा)- का नेता औ दिल्ली नगरनिगममा नेता प्रतिपक्ष अंकुश नारंगको नेतृत्वमा सबै आआप पार्षदहरूले मुखमा मास्क लगाएर सदनमा पुगे अनि प्रदूषणको मुद्दामा तत्काल चर्चा गर्ने माग गरे।
अंकुश नारंगले सदनमा भने, दिल्लीको हावामा विष घोलिरहेको छ। जनता सास फेर्न बाध्य छन्। बाल-बालिका अनि बुजुर्गहरू बिमार भइरहेका छन्, तर सरकारले मौनता अंगालेको छ। उनले आरोप लगाए, प्रदूषणमाथि चर्चा गराउने माग उठाउनसाथ मेयरले जनताका प्रश्नहरूदेखि बच्दै सदनलाई नै स्थगित गरिदिए।
नेता प्रतिपक्षले प्रश्न उठाए, दिल्लीका जनता कहिलेसम्म विषालु हावामा सास फेर्न बाध्य रहनेछन्? सरकारले जवाफ दिनुपर्छ कि प्रदूषण नियन्त्रणको लागि के-के कदम उठाइरहेको छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा