
गुवाहाटी, 13 नोभेम्बर (हि.स.)। असमिया फिल्म ‘रै रै बिनाले’ फिल्मको पाइरेसी मामिलामा पक्रा पर्ने आरोपीहरूलाई बिहीवार तीन दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
पान बजार साइबर पुलिस थानामा बीएनएस, सूचना प्रौद्योगिकी अधिनियम, कपीराइट अधिनियम औ सिनेमाटोग्राफ अधिनियमका धाराहरू सहित अन्य धेरैवटा धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। यसै मामिलामा पुलिसले रफिकुल इस्लाम नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आऱोपीलाई न्यायालयमा पेश गरियो जहाँबाट उसलाई तीन दिनको पुलिस रिमाण्डमा पठाइदिएको छ।
पुलिस सूत्र अनुसार फिल्मको अवैध कपी बनाएको र त्यसलाई डिजीटल प्लेटफर्ममा साझा गर्नुमा रहेको भूमिकाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा