दाउरा लिन गएकी महिलाको शव भेटियो
दाउरा लिन गएकी महिलाको शव भेटियो


नदिया, 13 नोभेम्बर (हि.स.)। जिल्लाको कल्याणी क्षेत्रमा त्यसबेला सन्त्राष फैलियो जतिबेला बिहीवार बिहान जंगलको किनारमा अवस्थित एउटा तलाउमा एकजना वृद्धाको शव भेटियो। मृतकाको पहिचान अनिता पाल (62)-को रूपमा भएको छ। गए बुधवार बिहान तिनी घरबाट सुक्खा दाउरा लिनको लागि हिँड़ेकी थिइन्, तर दिन बितिसक्दा पनि तिनी घर फर्किनन्।

पुलिस सूत्र अनुसार अनिता पाल गयेशपुर नगरपालिकाको वार्ड संख्या-4 की निवासी थिइन्। सदा जस्तै तिनी गए बुधवार पनि खाना पकाउनको लागि दाउरा लिन बिधानचन्द्र कृषि विश्वविद्यालयको फारम क्षेत्रमा गएकी थिइन्। अबेर रातीसम्म घर नफर्किँदै परिवारका सदस्यहरूले खोज तलास गरे अनि गयेशपुर पुलिस चौकीलाई सूचना पनि दिए।

स्थानीय मानिसहरू, सफाई कर्मचारीहरू तथा नगर प्रमुखहरूको सहयोगले रातभरि क्षेत्रमा उनलाई खोजियो। बिहीवार बिहान जंगलभित्रको जलाशयमा एकजना महिलाको हात देखियो जसमा शंखाको चुरा लगाएको थियो। सूचना पाउनसात पुलिसले घटनास्थलमा पुगेर जलाशयबाट शवलाई उद्धार गऱ्यो। परिवारले शवको पहिचान अनिता पालको रूपमा गऱ्यो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। प्रारम्भिक जाँचमा यो स्पष्ट हुन सकेको छैन कि यो हत्या हो वा दुर्घटना। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande