बंगालमा देखिन थाल्यो जाड़ोको प्रभाव
बंगालमा देखिन थाल्यो जाड़ोको प्रभाव


कोलकाता, 13 नोभेम्बर (हि.स.)। नोभेम्बरको दोस्रो सप्ताहमै पश्चिम बंगालमा जाड़ोको प्रभाव शुरू भइसकेको छ। राज्यको पश्चिमी एवं उत्तरी जिल्लाको तापमान पहिलाबाटै घट्न थालिसकेको थियो भने अब कोलकातामा ठूलो ह्रास दर्ता गरिएको छ। अलिपुर मौसम विभागानुसार बिहीवार कोलकाताको न्यूनतम तापमान 17.1 डिग्री सेल्सियस दर्ता गरियो जुन यस मौसमको सबैभन्दा चिसो हो।

पछिल्लो 24 घण्टामा तापमान लगभग 3 डिग्री घटेको छ भने अधिकतम तापमान पनि 2.6 डिग्री घटेर 28 डिग्री सेल्सियसमा पुगेको छ। मौसम विभागको अनुमानमा आगामी केही दिनमा तापमान अझ घट्नसक्छ। नोभेम्बरको शुरूआतबाटै राज्यका कतिपय भागहरूमा चिसो हावा महसूस गरिँदैछ। पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा जस्ता जिल्लाहरूमा तापमान लगातार घटिरहेको छ।

उत्तर बंगालका जिल्लाहरूमा पनि अधिकतम र न्यूनतम दुवै तापमानमा ह्रास दर्ता गरिएको छ। कोलकाता अनि यस वरपरका क्षेत्रहरूमा राती चिसो बढ़्न थालेको छ भने बिहान हल्का कुहिरो लाग्न शुरू भएको छ। अलिपुर मौसम केन्द्रले आगामी दिनमा राज्यको तापमान अझ घट्नसक्नेसंकेत पहिलानै दिएकोथियो।

उत्तर बंगालका दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार अनि जलपाईगुड़ी जिल्लामा बिहानी पख घना कुहिरो देखिँदैछ। पार्वतीय क्षेत्रहरूमा कुहिरोको तीव्रता अधिक छ। तथापि उत्तर बंगालमा हाल वर्षा हुने कुनै सम्भावना छैन र मौसम शुष्क रहनेछ। आगामी पांच दिनमा न्यूनतम तापमानमा ठूलो घट-बढ़ हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande