
कोलकाता, 13 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले दाबी गरेका छन्, उनलाई पाकिस्तानबाट ज्यानमारा धम्की प्राप्त भएको छ। शुभेन्दुको भनाइ छ, पश्चिम बंगाल आतंकवादीहरूको “सबैभन्दा सुरक्षित ठेगाना” बनिसकेको छ, त्यसैले उनलाई यस्तो धम्की प्राप्त भइरहेको छ।
घटना गत मंगलवारको हो जतिबेला शुभेन्दु अधिकारीले दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट गरेका थिए। बताइयो, त्यस दिन नै उनलाई यो धम्कीपूर्ण फोन आएको हो। यस कथित धम्कीको एउटा अडियो क्लिप सामु आएको छ जसमा एकजनाव्यक्तिले हिन्दीमा यसो भन्दै गरेको सुन्न सकिन्छ कि “म पाकिस्तानबाट बोलिरहेको छु। सम्हालेर बस्नु होला, नत्र उड़्नु हुनेछ। भारतमा बीएसएफकाहरू कतिजना उड़िसकेका छन्! अलिक होशियार हुनुहोस्।”
शुभेन्दुको निकटवर्ती सूत्रले बतायो, उनले यस धम्कीको जानकारी केन्द्रिय गृहमन्त्रीलाई पनि दिएका छन्। तर फोन गरेको नम्बर पाकिस्तानको थिएऩ। फोन नम्बरको शुरूआत +966 कोडबाट भएको थियो जुन सऊदी अरबको टेलिफोन कोड हो। तर कल गर्ने व्यक्तिले आफूलाई “पाकिस्तानबाट बोलेको” बताइरहेको थियो।
भाषा र उच्चारणलाई सुनेर विशेषज्ञहरूको मान्यता छ, कल गर्ने व्यक्तिले हिन्दी त्यति राम्रो जान्दैथ्यो। उसको उचाचरण र वाक्य संरचनामा स्पष्ट त्रुटिहरू थिए। केही विशेषज्ञहरूको अऩुमानमा कल गर्ने व्यक्ति सम्भतः बंगलादेशबाट सऊदी अरबमा काम गर्नको लागि गएको हुनसक्छ जसले आफ्नो पहिचानलाई लुकाएर धम्की दिएको थियो।
यस सम्बन्धमा शुभेन्दु अधिकारीले बिहीवार बताए, “यो राज्य आतंकवादीहरूको लागि सबैभन्दा सुरक्षित स्थान भएको छ। यहाँ कुनै ठूलो घटना हुँदैन, किनभने चरमपन्थी शक्तिहरूलाई राम्ररी थाहा छ कि ममता ब्यनर्जीको सरकारमा यो उनीहरूको सुरक्षित ठेगाना हो। त्यसैले हामीलाई मात्र थ्रेट कल प्राप्त हुन्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा