
कानपुर, १३ नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीमा सोमबार भएको विस्फोटपछि युपी एटीएसले बुधबार साँझ कानपुरको हृदय रोग संस्थानमा कार्यरत कार्डियोलोजिस्ट डा. मोहम्मद आरिफलाई उनको घरबाट पक्राउ गरेको छ। डा. आरिफ जम्मू काश्मिरको अनन्तनागका बासिन्दा हुन् र पक्राउ परेका डाक्टर शाहिन शाहिन र उनका भाई पर्वेजसँग सम्पर्कमा थिए।स्रोतहरूका अनुसार, प्रारम्भिक छानबिनमा उनी देशभर भएका धेरै घटनाहरूको रणनीतिमा सहभागिता जनाएका थिए। जाॅंच एजेन्सीले डा. आरिफको ल्यापटप र मोबाइल फोन समेत जफत गरेको छ। एटीएसले उनलाई दिल्ली लगेका छन् र अन्य पक्राउ परेका अभियुक्तहरूसँग उनको पनि सोधपुछ हुनेछ।
यो मामिला संदिग्ध भएकाले जाॅंच एजेन्सीहरूले कानपुरमै रहदै दिल्ली विस्फोटसँग सम्बन्धित नेटवर्क खोजी गरिरहेका छन्। कार्डियोलोजी अस्पतालका एक डाक्टरका अनुसार, डा. आरिफले जम्मू काश्मिरको एक कलेजबाट एमबीबीएस गरेका थिए र तीन महिना पहिला मात्र कार्डियोलोजी विभागमा काम शुरु गरेका थिए। अस्पतालमा होस्टेल खाली नभएको कारणले उनले अशोकनगरमा एउटा फ्ल्याट लिएका थिए। तर, अस्पताल र फ्ल्याटमा बस्दा उनले कसैसँग कुराकानी समेत गरेका थिएनन्। दिल्ली विस्फोट मामलामा अझै थप पक्राउ पर्ने सम्भावना पनि रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी