दुर्गाहुडी जंगलमा हात्तीको उपस्थितिले क्षेत्रवासी भयभित
दुर्गाहुडी जंगलमा हात्तीको उपस्थितिले क्षेत्रवासी भयभित


पश्चिम मेदिनीपुर, 13 नोभेम्बर (हि. स.)। जिल्लाको सांकराइल ब्लक अन्तर्गत दुर्गाहुड़ी जंगलमा बिहीवार बिहान बथानबाट छुटिएको एउटा जंगली हात्ती देखियो जसले गर्दा स्थानीय मानिसहरू भयभित भएका छन्।

स्थानीय सूत्र अनुसार बिहान ग्रामीणहरूले जंगलभित्र एउटा विशाल हात्तीलाई घुम्दै गरेको देखे। सूचना पाएर वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे। विभागीय कर्मचारीहरूले स्थितमाथि निगरानी गरिरहेका छन्। स्थानीय ग्रामीणहरूलाई जंगल छेउमा नजाने अनि सतर्क रहने अपील वन विभागले गरेको छ।

वन विभागको भनाइ छ, यो हात्ती सम्भवतः आफ्नो बथानबाट छुट्टिएको हुनसक्छ अनि भोजन र पानीको खोजीमा यस क्षेत्रमा भौंतारिरहेको छ। हाल टीमले हात्तीको गतिविधिमाथि नजर राखिरहेको छ। त्यसलाई सुरक्षित बथानमा मिसाउने चेष्टा भइरहेको छ।

स्थानीयहरूले प्रशासनसित क्षेत्रमा गस्ती बढ़ाउने अनि किसानहरूको फसलको सुरक्षा गर्नको लागि आवश्यक कदम उठाउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande