
गुवाहाटी, 13 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार कंग्रेस सांसद गौरव गोगोईमाथि गम्भीर आरोप लगाउँदै भने, उनको पाकिस्तानको गुप्तचर आईएसआईसित सम्बन्ध छ।
मुख्यमन्त्रीले मीडियासित बातचित गर्दै भने, गौरव गोगोई पाकिस्तानको आईएसआईका एजेन्ट हुन् र उनकी पत्नी त झन् त्योभन्दा ठूलो एजेन्ट हुन्।” उनले दाबी गरे, सरकारसित यी आरोपहरूको समर्थनमा कुनै पुख्ता प्रमाण छैन।
मुख्यमन्त्रीले आरोप लगाए, दिल्ली विस्फोट पश्चात गौरव गोगोईले यसको खण्डन धेरै विलम्ब गरी गरे। पाकिस्तानबाट हरियो झण्डी देखाइएपछि मात्र गौरव गोगोईले दिल्ली विस्फोटको खण्डन गरे। उनले भने, गौरव गोगोईसित यी आतंकवादीहरूको विरोधमा खुल्ला रूपमा बोल्ने हिम्मत छैन।
मुख्यमन्त्रीको यो बयान असममा बढ़्दो राजनीतिक तनाउबीच आएको छ। भारतीय जनता पार्टी (भाजपा) र कंग्रेसबीच आरोप-प्रत्यारोपको सिलसिला अझ द्रूत गतिमा बढ़्दै गेको छ। कंग्रेसको पक्षबाट मुख्यमन्त्रीको यस गम्भीर आरोपमाथि चर्को प्रतिक्रिया आउने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा