
कोलकाता, 12 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अन्तर्गत एन्युमरेशन फारम वितरण गर्ने कार्य रेकर्ड स्तरमा पुगेको छ। राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयद्वारा गए बुधवार राती 8 बजेसम्म जारी ताजा रिपोर्ट अनुसार अहिलेसम्ममा 6.98 करोड़ अर्थात 91.19 प्रतिशत एन्युमरेसन फारम राज्यभरि नै वितरण गरिसकिएको छ।
यो आँकड़ाले पछिल्लो 24 घण्टामा भएको उल्लेखनीय प्रगतिलाई दर्शाउँछ। गत मंगलवारको तुलनामा बुधवार फारम वितरणमा लगभग एघार लाखको वृद्धि दर्ता गरिएको छ।
अधिकारीहरूको भनाइ छ, यस अभियानको द्रूत गति राज्यका बूथ लेभल अधिकारी (बीएलओ) र निर्वाचन कर्मीहरूको निरन्तर प्रयासको परिणाम हो।
सीईओ कार्यालय अनुसार राज्यका सबै 294 विधानसभा क्षेत्रहरूमा तैनाथ लगभग 80 हजार बीएलओहरूले मतदाताहरूको घर-घरमा पुगेर दुई प्रति एन्युमरेशन फारम वितरण गरिरहेका छन्। यसमध्ये एक प्रति मतदातासित राखिनेछ भने दोस्रो निर्वाचन कार्यालयमा जमा गरिनेछ।
सीईओ कार्यालयले बतायो, आगामी दिनमा ती क्षेत्रहरूमा विशेष ध्यान दिइनेछ जहाँ वितरणको गति अपेक्षाकृत मन्द रहेको छ। यसको लागि अतिरिक्त पर्यवेक्षकहरूलाई तैनाथ गर्ने अनि सहायक कर्मीहरूको संख्यालाई बढ़ाउने निर्देश जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा