हाई कोर्टद्वारा मुकुल रायको विधायक पद रद्द, शुभेन्दुले भने, ऐतिहासिक निर्णय
Kolkata high court


कोलकाता, १३ नोभेम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालको कृष्णनगर उत्तर क्षेत्रबाट निर्वाचित विधायक मुकुल रायको सदस्यता रद्द गरेको छ। न्यायाधीश देबांशु बसाक र न्यायाधीश शब्बर राशिदीको खण्डपीठले बिहिवार यो महत्वपूर्ण फैसला सुनाएको हो।

मुकुल रायले सन् २०२१ मा भारतीय जनता पार्टी (भाजपा) को टिकटमा चुनाउ जितेर विधायक बनेका थिए, तर २०२२ मा पुनः तृणमूल कांग्रेसमा फर्किएका थिए। यसपछि उनको विधायक पद विवादमा परेको थियो। भारतीय संविधानको अनुच्छेद १० अनुसार, यदि कुनै निर्वाचित जनप्रतिनिधिले दल परिवर्तन गर्छ भने उसको सदस्यता स्वतः समाप्त हुन्छ।

नेता विपक्ष शुभेन्दु अधिकारीले विधानसभा अध्यक्षसँग मुकुल रायको सदस्यता रद्द गर्न माग गरेका थिए। तर, विधानसभा अध्यक्षले शुभेन्दु अधिकारीको याचिका खारेज गर्दै मुकुल रायको सदस्यतामा कायम राखेका थिए। यो निर्णयलाई चुनौती दिन शुभेन्दु अधिकारीले अदालतको ढोका ढकढकाएका थिए। अहिले उच्च न्यायालयले अध्यक्षको निर्णय उल्टाएर मुकुल रायको सदस्यता अमान्य गरेको छ।

निर्णयपछि शुभेन्दु अधिकारीले आफ्नो सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भने, यो राज्य मात्र होइन, सम्भवतः देशको इतिहासमै पहिलो पटक यस्तो निर्णायक कदम उठाइएको हो।

मुकुल रायलाई पहिले तृणमूल कांग्रेसको प्रारम्भिक रणनीतिकार मानिन्थ्यो र उनलाई पार्टीको ‘चाणक्य’ समेत भनिन्थ्यो। उनले सन् २०१७ नोभेम्बरमा तृणमूल छोडेर भाजपामा प्रवेश गरेका थिए र २०२१ मा भाजपा उम्मीदवारको रूपमा चुनाउ जितेका थिए। त्यस चुनाउमा तृणमूलले अभिनेत्री कौशानी मुखोपाध्यायलाई उम्मेदवार बनाएको थियो, तर उनी हार्न पुगेकी थिइन्। पछि सेप्टेम्बर २०२२ मा मुकुल राय फेरि तृणमूल कांग्रेसमा फर्किए। त्यसपछि भाजपाले उनलाई दलबदल विरोधी कानूनअनुसार कारबाहीको माग गरेको थियो। अन्ततः अब कलकत्ता उच्च न्यायालयको निर्णयबाट मुकुल रायको विधायक सदस्यता समाप्त भएको छ। यो याचिका नेता विपक्ष शुभेन्दु अधिकारीले नै दायर गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande