
कोलकाता, 13 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका अग्निशमन मन्त्री सुजीत बसु फेरि एकपटक प्रवर्तन निदेशालय (ईडी)-को जाँचको परिधिभित्र परेका छन्। नगर निकाय भर्ती भ्रष्टाचार मामिलामा अब ईडीले मन्त्रीकी पत्नी, पुत्र र पुत्रीलाई जाँचबुझको लागि बोलाएको छ। सूत्र अऩुसार उनीहरूलाई आगामी सप्ताह सल्टलेकस्थित सीजीो कम्प्लेक्स कार्यालयमा उपस्थित हुनको लागि नोटिस पठाइएको छ।
ईडीले विगत लामो समयदेखि नै नगर निकाय भर्ती घोटालाको जाँच गरिरहेको छ। यस मामिलामा अयन शील सहित केही मानिसहरूलाई पक्राउ पनि गरिएको छ। सूत्रले बताए मुताकिव पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गर्ने क्रममा नयाँ कुरा खुलासा भएपछि यसै आधारमा जाँच एजेन्सीले अब मन्त्री सुजीत बसु र उनको परिवारको भूमिका जाँच गरिरहेको छ।
स्मरण गराइन्छ, यस घोटालामा सुजीत बसुको नाम पहिला पनि सामु आएको थियो। दक्षिण दमदम नगरनिगममा नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप उठेपछि गत वर्ष ईडीले मन्त्रीको घर अनि कार्यालयमा छापा मारेको थियो। यसस वर्ष पनि गत अक्टोबर महिनामा ईडी अधिकारीहरूले सल्टलेकस्थित मन्त्रीको कार्यालय, न्यू अलिपुरमा एकजना वकिलको घर, नागेर बजार तथा पार्षद निताई दत्ताको आवासमा छापा मारेको थियो। यो छापामारी नगर निकाय भर्ती घोटाला अनि अन्य मामिलासित सम्बन्धित थियो।
विधानसभा चुनाउपूर्व ईडीको यस सक्रियतालाई लिएर राजनीतिक जगतमा खैलोबैलो शुरू भएको छ। सत्तासिन तृणमूल कंग्रेसले आरोप लगाएको छ, ईडीको यो कारबाही राजनीतिबाट प्रेरित छ र आगामी चुनाउ अगाड़ि पार्टीको छविलाई धमिल्याउने चेष्टा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा