मुख्यमन्त्रीले दिए बाल दिवसको हार्दिक बधाई एवं शुभकामना
ps tamang


गान्तोक, 13 नोभेम्बर (हि.स.) मुख्यमन्त्री प्रेमसिंह तामाङले बाल दिवसको अवसरमा सबैलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, 'बालबालिका हाम्रो राष्ट्रको मुटुको धड्कन हुन् र भोलिका भविष्यका पथप्रदर्शकहरू हुन्। उनीहरू निर्भीक भएर सपना देखुन्, सिर्जनशील सोच राखुन् र हरेक अवसरलाई साहस र जिज्ञासाका साथ अंगिकार गर्दै अगाडि बढुन्। उनीहरूका कल्पना जीवन्त गुड्डी झैँ उच्च उड्दै हाम्रो साझा भविष्यको आकाशलाई रङ्गीन पारून्।'

मुख्यमन्त्रीले सिक्किम सरकार गुणस्तरीय शिक्षा, नवाचार र समग्र विकास मार्फत युवा मस्तिष्कहरूलाई पोषण गर्न प्रतिबद्ध रहेको बताएका छन्। सरकारले प्रत्येक बालबालिकालाई आफ्नो पूर्ण सम्भावना हासिल गर्ने वातावरण सिर्जना गर्न अटल समर्थन जारी राख्ने उनले बताएका छन्।

मुख्यमन्त्रील लगातार परिवर्तन हुँदै गएको संसारमा हामी हाम्रा बालबालिकालाई अनुकूलन गर्न, उत्कृष्ट हुन तथा करुणा र ज्ञानका साथ नेतृत्व गर्न मार्गदर्शन गरौं भनी आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande