पञ्जाबको लुधियानामा आईएसआईका दशजना सदस्य समातिए, हतगोला जफत
पञ्जाबको लुधियानामा आईएसआईका दशजना सदस्य समातिए, हतगोला जफत


चण्डीगढ़, 13 नोभेम्बर (हि.स.)। पञ्जाबमा लुधियाना पुलिसले पाकिस्तानी एजेन्सी आईएसआई समर्थित ग्रेनेड हमलाको एक मोड्युलको भण्डाफोर गर्दै विदेशी संचालकहरूका दशजना प्रमुख सदस्यहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूले आईएसआईको इशारामा काम गरिरहेका थिए। यिनीहरूबाट हतगोला र अन्य सामान जफत गरिएको छ।

पुलिस महानिदेशक गौरव यादवले बिहीवार बताए, प्रारम्भिक जाँचमा थाहा पाइए अऩुसार सबै आरोपीहरूले मलेशियाका तीनजना सदस्यहरूको माध्यमबाट पाकिस्तानस्थित संचालकहरूको सम्पर्कमा थिए ताकि एउटा हतगोलालाई बोक्न र त्यसलाई डिलीभरी गर्नको लागि समन्वय स्थापना गर्न सकियोस्।

संचालकहरूले राज्यमा अशान्ति फैलाुनको लागि घना जनसंख्या भएको क्षेत्रमा ग्रेनेड हमला गर्ने काम सुम्पिएका थिए। यस सम्बन्धमा विस्तृत जानकारी बिहीवार साँझसम्ममा दिइनेछ। पञ्जाबमा शान्ति र सुरक्षा सुनिश्चित गर्नको लागि आतंकवादलाई मास्ने अनि सीमा पारीको आतंकवादी नेटवर्कलाई ध्वस्त बनाउनको लागि प्रतिबद्ध छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande