रिहाईपछि पनि तृणमूलले खोलेन पार्थ च्यटनर्जीको लागि ढोका
रिहाईपछि पनि तृणमूलले खोलेन पार्थ च्यटनर्जीको लागि ढोका


कोलकाता, 13 नोभेम्बर (हि.स.)। जमानतमा रिहा भएका पश्चिम बंगालका पूर्व शिक्षा मन्त्री पार्थ च्यटर्जीको समर्थनमा तृणमूल कंग्रेसले अहिलेसम्म कुनै कदम उठाएको छैन। पार्टी सूत्रको भनाइ छ, कालीघाटस्थित नेतृत्वको पक्षबाट स्पष्ट निर्देश जारी गरिएको छ, अहिलेघरि पार्टीले उनको पक्षमा कुनै बयान दिेनेछैन।

पार्टीका प्रवक्ताहरूलाई स्पष्ट रूपमा भनिएको छ, यदि मीडियामा पार्थ च्यटर्जीलाई लिएर तृणमूलको आधिकारिक प्रतिक्रिया सोधियो भने जवाफमा भनियोस्, “पार्थ च्यटर्जी अहिले पनि निलम्बित नेता हुन्। भ्रष्टाचारको आरोपले गर्दा उनलाई पार्टीबाट 6 वर्षको लागि निलम्बित गरिएको थियो। अहिले मात्र साढ़े तीन वर्ष बितेको छ अर्थात दुई वर्ष सात महिनाको सस्पेन्शन अवधि बाँकी नै छ।”

सूत्र अनुसार जमानतमा रिहाई भएपछि पार्थ च्यटर्जीले बारम्बार यो संकेत दिने चेष्टा गरिरहेका छन् कि उनी राज्यको राजनीतिमा फेरि सक्रिय हुन चाहन्छन्। उनले केही साक्षात्कारहरूमा भनेका पनि छन्, “ममता ब्यनर्जी, अभिषेक ब्यनर्जी र मा तृणमूल कंग्रेसको अभिन्न अंग हो।” तथापि पार्टी नेतृत्वले अहिलेघरि उनको उत्साहलाई लिएर सतर्कता अप्नाइरहेका छन्।

पार्टीभित्र पनि प्रश्न उठिरहेको छ कि के तृणमूलले फेरि पार्थ च्यटर्जीलाई राजनीतिक मञ्चमा स्थान दिन्छ कि दिँदैन। कालीघाटको सूत्रको भनाइ छ, पार्टीका शीर्ष नेतृत्वले आफ्ना प्रवक्ता अनि जिल्ला पदाधिकारीहरूलाई स्पष्ट निर्देश दिएका छन् कि हाल पार्थ च्यटर्जीलाई लिएर कुनै टिप्पणी नगरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande