15 नोभेम्बरदेखि सिलगढ़ीमा दुई दिवसीय रोजगार मेला आरम्भ हुने
15 नोभेम्बरदेखि सिलगढ़ीमा दुई दिवसीय रोजगार मेला आरम्भ हुने


सिलगढ़ी, 13 नोभेम्बर (हि.स.)। सिलगढ़ीको सेल्सियन कलेजमा दुई दिवसीय रोजगार मेला आयोजना भइरहेको छ। यो मेला आगामी 15 र 16 नोभेम्बरको दिन आयोजन हुनेछ। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले बिहीवार पत्रकार सम्मेलनमा यस आशयको जानकारी गराए।

हर्षवर्धन श्रृङ्गलाले बताए, रोजगार मेलामा भाग लिनको लागि अऩलाइन पञ्जीकरण शुरू भइसकेको भने पञ्जीकरण गराउन नपाएकाहरूले 15 नोभेम्बरको बिहान कलेज परिसरमा पञ्जीकरण गराउन सक्नेछन्। नोकरी चाहनेहरूको निम्ति विशेष प्रशिक्षण अनि साक्षात्कारको तयारी सत्र पनि आयोजना गरिनेछ।

स्मरण गराइन्छ, पछिल्लो वर्ष दार्जीलिङमा आयोजित रोजगार मेलामा लगभग 300 मानिसहरूलाई नोकरीको अवसर प्राप्त भएको थियो। यस वर्ष मेलाको आयोजन व्यापक रूपमा गरिएको छ। यस रोजगार मेलामा 60 वटाभन्दा अधिक नामी कम्पनीहरूले भाग लिरहेका छन जहाँ दश हजारभन्दा अधिक उम्मेद्वारहरूले पहिला नै पञ्जीकरण गराइसकेका छन्। रोजगार मेलाको उद्घाटन समारोहमा केन्द्रिय मन्त्री, सांसद, विधायक लगायत केही गण्यमान्य अतिथिहरू उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande