पार्थ च्यचर्जीमाथि वैशाखीको कटाक्षः पहिला पत्नी हुँदा भाञ्जी भनियो, अब नहुँदा प्रेमिका
पार्थ च्यचर्जीमाथि वैशाखीको कटाक्षः पहिला पत्नी हुँदा भाञ्जी भनियो, अब नहुँदा प्रेमिका


कोलकाता, 13 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजनीतिमा फेरि एकपटक व्यक्तिगत आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ। राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्यटर्जीमाथि अब कोलकाताका पूर्व मेयर शोभन च्यटर्जीकी निकटवर्ती वैशाली ब्यनर्जीले कटाक्ष गरेकी छन्। बिहीवार मीडियासित बातचित गर्दै वैशाखीले भनिन्, पहिला पत्नी हुँदा अर्पिता मुखर्जीलाई भाञ्जी बताइएको थियो, अब पत्नी नहुँदा उनलाई प्रेमिका भनिँदैछ। वाह, कति छिटो पहिचान फेरिन्छ।

वैशाखीले पार्थ च्यटर्जीमाथि यो आरोप लगाइन्, उनले अब “सन्त” ब्नने प्रयास गरिरहेका छन् जबकि पहिला उनकै बयानहरूले यस सम्पूर्ण सम्बन्धको बारेमा भ्रम फैलाएको थियो। उनले भनिन्, पहिला-पहिला पार्थले आफ्नो सम्बन्धलाई लुकाउन चाहन्थे, तर अब खुल्ला रूपमा उनलाई स्वीकार गरिरहेका छन्।

उल्लेखनीय छ, पार्थ च्यटर्जी र अर्पिता मुखर्जीको सम्बन्धलाई लिएर बितेका अढ़ाई-तीन वर्षदेखिको लगातार विवाद हुँदै आएको छ। कहिले दुईलाई प्रेमी-प्रेमिका भनियो त कहिले “काका-छोरी” वा “मामा-भाञ्जीी”-को रूपमा चर्चा भयो। पक्राउ पश्चात पार्थले अर्पितासितको कुनै पनि सम्बन्धलाई अस्वीकार गरेका थिए साथै दाबी गरेका थिए, उनले तिनलाई “सही रूपमा चिन्दैनन् पनि।” तर जेलबाट रिहा भएपछि उनले अचानक अर्पितालाई आफ्नी “मित्र” बताए जसमाथि वैशाखीले व्यंग्य गर्दै भनिन्, अब साधु भएर प्रेमिकालाई स्वीकार गरिरहेका छन्।

उनले भनिन्, पार्थ “राम्रो मान्छे हुन नसके पनि यतिका वर्षमा उनी पुरूष त भएछन्। यसको लागि उनलाई बधाई दिनुपर्छ।”

पूर्व शिक्षिका वैशाखीले व्यंग्य गर्दै भनिन्, पार्थले आफ्नो एलआईसी आवेदन पत्रमा अर्पितालाई ‘भाञ्जी’ को रूपमा उल्लेख गरेका थिए। यस्तो लाग्छ जेलबाट आएर उनले आफूलाई सुधारेका छन्। अब उनी ‘मित्र’ भएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande