
नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले दिल्ली नगर निगम (एमसीडी) को नजफगढ जोनमा कार्यरत एक कनिष्ठ अभियन्तालाई १० लाख रूपियाँ घुस लिंदै गर्दा पक्राउ गरेको छ। सीबीआईका अनुसार, यो घटना ११ नोभेम्बरमा दर्ता गरिएको थियो, जसमा नजफगढ जोनका कार्यपालक अभियन्ता, सहायक अभियन्ता र कनिष्ठ अभियन्ता विरुद्ध प्राथमिकी दर्ता गरिएको छ। आरोप छ, यी अभियन्ताहरूले उजुरीकर्तासँग लगभग करोड़ रूपियाँको बाँकी बिल पारित गर्न २५ लाख ४२ हजार रूपियाँ घुस मागेका थिए।
सीबीआईले ११ नोभेम्बरमा जाल बिछाएर उक्त कनिष्ठ अभियन्तालाई १० लाख रूपियाँको पहिलो किस्ता लिंदै गर्दा पक्राउ गरेको हो। पक्राउ परेकालाई त्यही ठाउँमा समातिएको छ। एजेन्सीले पछि आरोपीहरूको घर र कार्यालयहरूमा छानबिन अभियान चलाएको थियो, जसमा ठूलो मात्रामा नगद, गहनाहरू र सम्पत्तिसँग सम्बन्धित दस्तावेज बरामद गरिएको छ। मामलामा आरोपी भियन्ताहरूमा कार्यपालक अभियन्ता आर. सी. शर्मा, सहायक अभियन्ता नवीन कौल, र कनिष्ठ अभियन्ता अजय बब्बरवाल रहेका छन्। जसमा अजय बब्बरवाल पक्राउ परेका छन्। सीबीआईले केसको अनुसन्धान जारी रहेको भताएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी