
गान्तोक, 13 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बाल दिवसको अवसरमा बालबालिका र युवाहरूमा हार्दिक बधाई व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, 'बाल दिवसको अवसरमा म हाम्रा नानीहरू र युवाहरूलाई हार्दिक बधाई दिॅंदछु। हाम्रा नानी र युवा देशका भावी कर्णधार हुन्, तपाईहरू नै त्यो शक्ति हुनुहुन्छ जसको विचार र संकल्पहरूले विकसित भारत 2047 को सपना साकार हुनेछ।'
राज्यपालले सबै नानीहरू र युवाहरूलाई सत्य, सेवा र समर्पणको मार्गमा हिड्न आग्रह गर्दै यी मूल्यहरूले उनीहरूलाई एक सशक्त नागरिक बनाउने छ भनेका छन्। साथै, उनले शिक्षक, अभिभावक र समाजका सबै वर्ग समक्ष पनि नानीहरूलाई यस्तो वातावरण प्रदान गर्न आग्रह गरेका छन्, जसमा उनीहरूले नवाचार सिक्न सकुन् र आफ्नो व्यक्तित्वलाई चम्काउन सकुन्।
राज्यपालले सबै मिलेर नानीहरूलाई शिक्षा, सुरक्षा र सम्मान सुनिश्चित गर्ने काम गरौं भनी आह्वान गरेका छन्। उनले सबै नानीहरूको उज्जवल भविष्यको लागि मंगलकामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल