
गान्तोक, 13 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले देशका उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग नयॉं दिल्लीमा आज सॉंझ शिष्टाचार भेट गरेका छन्। उक्त जानकारी आज राजभवनले दिएको छ।
यस भेटको क्रममा राज्यपाल र उपराष्ट्रपतिबीच राज्यको विकास र प्रगतिसॅंग सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा भयो।
हिन्दुस्थान समाचार / बिशाल