सांसद सुब्बा तीन महत्वपूर्ण विधेयक सम्ब​न्धी संयुक्त समितिको सदस्य मनोनित
indra hang subba


गान्तोक, 13 नोभेम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई संविधान (एक सय तीसौं संशोधन) विधेयक, २०२५, जम्मू-कश्मीर पुनर्गठन (संशोधन) विधेयक, २०२५ र केन्द्र शासित प्रदेश सरकार (संशोधन) विधेयक, २०२५ सम्बन्धी संयुक्त समितिको सदस्यको रूपमा मनोनित गरिएको छ।

सांसद सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा यस महत्त्वपूर्ण संसदीय समितिमा सेवा गर्नु एक प्रतिष्ठित जिम्मेवारी हो, जसको उद्देश्य राष्ट्रको संवैधानिक र प्रशासनिक ढाँचालाई सुदृढ पार्नु रहेको बताएका छन्। उनले समितिको अध्यक्षको रूपमा नियुक्त भएकोमा अपराजिता सारंगीलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

उनले लोकसभा अध्यक्ष र नेतृत्वप्रति उनीमाथि देखाइएको विश्वास र भरोसाको लागि हार्दिक आभार व्यक्त गरेका छन्। उनले यी तीन ऐतिहासिक विधेयकहरूमा छलफल र विचार-विमर्शमा अर्थपूर्ण योगदान दिन तत्पर रहेको उल्लेख गरेका छन्।

यसैगरी, सांसद सुब्बाले सिक्किमका जनतालाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि पनि गहिरो कृतज्ञता गरेका छन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको निरन्तर मार्गदर्शन र प्रोत्साहनको लागि हार्दिक धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande