नाबालिग बालिकामाथि दुष्कर्म, आरोपी पक्राउ
Rape case


गान्तोक, 13 नोभेम्बर (हि.स.)। नाम्ची जिल्लाको याङगाङ पुलिस थाना क्षेत्रमा एउटी नाबालिग बालिकामाथि दुष्कर्म भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, नाबालिग बालिका एक हप्तादेखि बिरामी भएकी थिइन् र बुधवार अस्पतालमा चिकित्सकहरूले जॉंच गर्दा पीडित बालिकाको पिसाब परीक्षण पोजेटिभ देखियो। बालिकामाथि एक आफन्तले नै दुष्कर्म गरेको थाहा लागेको छ।

पुलिसले यस घटनाको सम्बन्धमा एक 45 वर्षीय आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande