तृणमूलको यूआईडीएआईमाथि आरोप, सूचीबाट लाखौं मतदाताको नाम हटाउने भइरहेको छ षड़यन्त्र
uidai


कोलकाता, १३ नोभेम्बर (हि.स.)। तृणमूल कांग्रेसले बिहिबार एक सामाजिक संजाल पोस्टमा युनिक आइडेण्टिफिकेसन अथोरिटी अफ इण्डिया (यूआईडीएआई) र पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीहरूमाथि गम्भीर आरोप लगाएको छ। पार्टीले यूआईडीएआई अधिकारीहरूमाथी पश्चिम बंगालमा करिब ३२ देखि ३४ लाख मृत नागरिकहरूको आधार नम्बर निष्क्रिय गरेको दाबी गरेको छ। यस विषयमा राज्यकी मुख्य निर्वाचन अधिकारी मनोज अग्रवाललाई पनि जानकारी गराइएको छ। तृणमूल कांग्रेसको आरोप छ, यी निष्क्रिय आधार नम्बरहरूलाई आधार बनाएर ठूलो सङ्ख्यामा मतदाताहरूका नाम मतदाता सूचीबाट हटाउने योजनाबद्ध कार्य भइरहेको छ।

पोस्टमा तृणमूल कांग्रेसले भनेको छ, यूआईडीएआईले संसदमा स्वयं यस्तो कुनै आधार नम्बर राजनीतिक, वार्षिक वा प्रशासनिक कारणले निष्क्रिय नगर्ने बताएको थियो। पार्टीले प्रश्न उठाएको छ कि यदि यस्ता निष्क्रिय नम्बरहरू छैनन् भने यी लाखौं निष्क्रिय आधार नम्बरहरू कसरी तयार पारिए? तृणमूलले यसलाई संविधानको खुला उल्लंघन ठहर गरेको छ।पार्टीले बिहारमा चुनाउ आयोगले हजारौंलाई मृत मतदाता घोषणा गरेको, तर पछि धेरै जीवित भेटिएको उदाहरण पनि दिएको छ। तृणमूल कांग्रेस अनुसार, यदि यहाँ पनि त्यस्तै त्रुटि हुने हो भने ठूलो सङ्ख्यामा वास्तविक मतदाताहरूको नाम हटाइने जोखिम छ। पार्टीले भन्यो, “हामीलाई शंका छ कि कुनै पारदर्शी प्रक्रिया वा निष्पक्ष जाँचविना यो सम्पूर्ण डेटा तयार गरिएको छ र यसबाट हजारौं वास्तविक मतदाताहरूलाई मतदाता सूचीबाट हटाउने प्रयास भइरहेको छ।” यदि कुनै वैध मतदाताको नाम बिना आधारभूत कारण मतदाता सूचीकै बाहिर भयो भने यो केवल प्रशासनिक गल्ती नभएर 'राजनीतिक षड्यंत्र' हुनेछ। पार्टीले कानुनी कदम चाल्ने र जनआन्दोलन पनि गर्ने चेताउनी पनि दिएको छ।तृणमूल कांग्रेसले यस षड़यन्त्रमा संलग्नहरूलाई भनेको छ, बंगालका मतदाताहरू आफ्नो अधिकारको मूल्य थाहा छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande