
नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। दिल्लीको प्रगति मैदानमा शुक्रवारदेखि 44औं भारत अन्तर्राष्ट्रिय व्यापार मेला (आईआईटीएफ) आरम्भ भएको छ। यो मेगा इभेन्ट 14 नोभोम्बरदेखि शुरू भएर आगामी 27 नोभेम्बरसम्म जारी रहनेछ जहाँ व्यापारी, नवाचारी एवं सांस्कृतिक विविधताको प्रदर्शन हुनेछ।
यस वर्षको थीम एक भारत: श्रेष्ठ भारत रहेको छ जसले देशको एकता र प्रगतिलाई दर्शाउँछ। भारत व्यापार सम्वर्द्धन संगठन (आईटीपीओ)- द्वारा आयोजत उक्त मेला विश्वकै सबैभन्दा विशाल व्यापारिक मेलाहरूमध्ये एक हो। यसमा भारतका विभिन्न राज्यहरूबाट, केन्द्रशासित प्रदेश एवं विदेशहरूका प्रदर्शकहरूले भाग लिरहेका छन्। आर्टिफिशियल इन्टेलिजेन्स (एआई)-देखि लिएर हस्तशिल्प अनि हतकर्घा उत्पादसम्म, मेलामा 140 एकड़ क्षेत्रमा फैलिएका स्टल्समा हजारौं उत्पादहरूको प्रदर्शन हुनेछ।
मुख्य आकर्षण:-व्यापारिक अवसर: 14 -देखि 18 नोभेम्बरसम्म बिजनेस डेज रहनेछ जहाँ B2B मीटिंग्स औ डिल्समाथि फोकस हुनेछ।जनताको लागिः 19-देखि 27 नोभेम्बरसम्म आम जनताको लागि खुल्ला रहनेछ। दैनिक समय बिहान 10 बजेदेखि साँझ 5:30 बजेसम्म।सांस्कृतिक झलक: पारम्परिक कला, डिजाइन औ हस्तशिल्पका स्टल्स, साथै अन्तर्राष्ट्रिय भागीदारी।खान-पान: फूड कोर्टमेा भारतीय व्यञ्जनहरूदेखि लिएर चाइनिज, इटालियन एवं फास्ट फूडसम्म उपलब्ध छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा