बंगाल विधानसभा चुनाउः सेलिब्रिटी उम्मेद्वारहरूको लागि भाजपाले अप्नाउनेछ चयनात्मक रणनीति
बंगाल विधानसभा चुनाउः सेलिब्रिटी उम्मेद्वारहरूको लागि भाजपाले अप्नाउनेछ चयनात्मक रणनीति


कोलकाता, 14 नोभेम्बर (हि.स.)। भाजपाका केन्द्रिय नेतृत्वले राज्य एकाईलाई सल्लाह दिएको छ, आगामी वर्ष हुन गइरहेको विधानसभा चुनाउको लागि फिल्मी दुनियाँसित जोड़िएका सेलिब्रिटी उम्मेद्वारहरूको नामको प्रस्ताव राख्दा अत्यन्त चयनात्मक नीति अप्नाइयोस्।

पार्टीको राज्य समितिका एकजना सदस्यले बताए, केन्द्रिय नेतृत्वले सेलिब्रिटी उम्मेद्वारहरूको नाम प्रस्तावित गर्नपूर्व तीन वटा प्रमुख कुराहरूमाथि विचार गर्न भनिएको छ।

पहिलो-सम्भावित सेलिब्रिटी उम्मेद्वार पार्टीको मूल राजनीतिक विचारधारामा कतिसम्मको गहिराईमा भिजेका छन्। दोस्रो-जुन विधानसभा क्षेत्रबाट उनको उम्मेद्वारीमाथि विचार गरिनेछ, त्यस क्षेत्रको सामाजिक र भौगोलिक संचरनाको उनीहरूलाई कतिसम्म ज्ञान छ। तेस्रो- चुनाउ परिणाम जे नै आए पनि उनी पार्टीको संगठनात्मक कार्यहरूसित कतिसम्म जोड़िन सक्छन्।

सूत्र अनुसार यो सतर्कता वर्ष 2021-को विधानसभा चुनाउमा सेलिब्रिटी उम्मेद्वारहरूलाई उतार्ने प्रयोग असफल भएपछि लिइएको हो। त्यसताक फिल्म जगतसित जोड़िएका धेरै वटा अनुहारहरूलाई उम्मेद्वार बनाइएको थियो। तर फ्याशन डिजाइनरदेखि नेता बनेकी अग्निमित्रा पाल र अभिनेतादेखि नेता बनेका हिरण च्यटर्जी बाहेक लगभग सबै उम्मेद्वारलाई पराजयको सामना गर्नु परेको थियो।

राज्य समितिका एकजना सदस्यले बताए, हार-जीत चुनाउको अंग हो, तर सबैभन्दा चिन्ताजनक कुरा के रह्यो भने पराजित सेलिबिर्टी उम्मेद्वारहरू परिणाम सार्वजनिक हुनसाथ पार्टीदेखि टाँड़िए।कतिजना त परिणाम आएको केही दिनपछि नै तृणमूल कंग्रेसमा सामेल भएका थिए। यसलाई मध्यनजर गर्दै यसपालि केन्द्रिय नेतृत्व कुनै पनि सेलिब्रिटीलाई मैदानमा उतार्नपूर्व पूर्ण सतर्कता अप्नाउन चाहन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande