दिल्ली ब्लास्टसित जोड़िएको छ बंगालको तार, डेढ़ महिनासम्म राज्यमा सक्रिय थियो आतङ्कवादी
दिल्ली ब्लास्टसित जोड़िएको छ बंगालको तार, डेढ़ महिनासम्म राज्यमा सक्रिय थियो आतङ्कवादी


कोलकाता, 14 नोभेम्बर (हि.स.)। दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक भएको ब्लास्टको तार पश्चिम बंगालसित पनि जोड़िएको छ। गुजरात आतङ्कवाद विरोधी दल (एटीएस)-द्वारा समातिएको आतङ्कवादी आजाद अहमद शेखको बंगाल प्रवासको सम्बन्धमा जाँच एजेन्सीहरूलाई प्राप्त ताजा इनपुटले दिल्ली ब्लास्ट काण्ड़मा राज्यको सम्भावित भूमिकालाई अझ गहिरो बनाइदिएको छ।

पश्चिम बंगालका एकजना अधिकारी अनुसार आज़ाद अहमद शेखले बितेको जून-जुलाईमा लगभग डेढ़ महिना बंगालमा बिताएको थियो। शंका छ, अरण्डीको बिजनबाट निकालिने घातक ‘रिसिन’ को षड़यन्त्रको एक अंगको रूपमा उसले कोलकातालाई आधार बनाएर मुर्शिदाबाद, मालदा अनि उत्तर बंगालका निकटवर्ती सीमान्त क्षेत्रहरूमा निरन्तर आवागमन गरेको थियो।

अनुसन्धानमा यो पनि खुलासा भएको छ, यस नेटवर्कको शिरा सोझै इस्लामिक स्टेट खोरासान प्रान्तसित जोड़िएको छ। अवैध गतिविधिहरूमा संलिप्त गुजरात एटीएसको कब्जामा रहेको चिकित्सक सैयद अहमद मह्यूददीनको ह्याण्डलर थियो आईएसकेपीका शीर्ष कमाण्डर अबू खादिजा। मह्यूददीन त्यै व्यक्ति हो जो दिल्लीमा हमला गर्नको लागि तयार ‘चिकित्सक मोड्यूल’- को एक भाग थियो। यसै ह्यूददीनको निर्देशमै आजादले बंगाल भ्रमण गरेको कुरा सामु आएको छ।

दिल्ली–बंगाल–कश्मीरको त्रिकोण यस सम्पूर्ण षड़यन्त्रमा जसरी एका-अर्कासित गाँसिएको देखिँदैछ, त्यसबाट जांचको दिशा अझ स्पष्ट भइरहेको छ। सूत्र मुताविक दिल्ली विस्फोट पश्चात भागेको अर्को चिकित्सक मुजफ्फर रादरको भूमिकालाई पनि गम्भीर मानिँदैछ। पक्रा परिसकेको आदिल रादरको भाइ मुजफ़्फर नै आईएसकेपी र ‘चिकित्सक नेटवर्क’- बीचको मध्यस्थ थियो। अब जाँचकर्ताहरूको मान्यतामा मुजफ्फर र आजादको बंगालको पाटो एका-अर्कासित जोड़िएको छ।

जाँचकर्ताहरूले यो पनि पाएको छ, अबू खादिजाबाट सोझै निर्दश पाउनेहरूमा आजाद पनि सामेल थियो। उ एक धार्मिक संगठनको प्रतिनिधि भएर पहिला मुर्शिदाबाद र मालदा त्यसपछि उत्तर बंगालमा गएको थियो। आरोप छ, यसै रूटबाट भारी मात्रामा विस्फोटक र विस्फोटक सामग्री भारतमा आइपुग्यो जसको ठूलो भाग ट्रेनको माध्यमबाट पूर्वोत्तर-दिल्ली कोरिडोरबाट पठाइयो। अब एजेन्सीहरू यो पत्तो लगाउन जुटेका छन्, सीमाबाट विस्फोटक मात्र आएको थियो कि ‘रिसिन’ अथवा त्यसको उपकरणलाई पनि भारतमा ल्याइएको थियो।

यस अतिरिक्त जाँच दलले ती सबै स्थानहरूको जाँच गरिरहेको छ जहाँ ‘चिकित्सक मोड्यूल’-सित जोड़िएका सदस्यहरूले पढ़े अनि पढाए वा काम गरिरहे ताकि बंगालको कुनै सम्भावित पाटोको पत्तो लगाउन सकियोस्। साथै यो पनि जाँच गरिँदैछ, आतंकवादी नेटवर्कले बंगाल वा बंगलादेश भएर भारतमा हतियार, विष वा विस्फोटक ल्याउनको लागि कुनै सिण्डिकेट गठन गरेको थियो।

जाँच एजेन्सीहरूको मान्यता छ, बंगालसित जोड़िएको यो ‘मिसिंग लिंक’-लाई जोड़्न सकिए दिल्ली ब्लास्टको जाँच एउटा नयाँ मोड़मा पुग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande