
कोलकाता, 14 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको परिणामलाई लिएर तृणमूल कंग्रेसले शुक्रवार स्पष्ट पाऱ्यो, यो परिणामको पश्चिम बंगालको राजनीतिसित कुनै सम्बन्ध छैन। पार्टी प्रवक्ता कुनाल घोषले भने, बिहारको राजनीतिक परिस्थिति र बंगालको परिदृश्य पूर्ण रूपले भिन्न छ, त्यसैले दुवैलाई जोड़ेर हेर्ने कुनै कारण छैन।
कुनाल घोषले भने, “बिहारको भोटलाई लिएर चिन्ता गर्ने कुनै आवश्यकता छैन। यस परिणआमको बंगालसित कुनै सम्बन्ध छैन न त यसको कुनै प्रभाव पर्नेछ। आगामी विधानसभा चुनाउमा तृममूल कंग्रेसले 250भन्दा अधिक सीट प्राप्त गर्नेछ अनि ममता बन्द्योपाध्याय पुनः मुख्यमन्त्री बन्नेछन्।”
उनले दाबी गरे, राज्यका जनता तृणमूल सरकारको विकास योजना अनि कल्याणकारी नीतिमाथि भरोसा गर्दछन्, त्यसैले बाहिरी राज्यको राजनीतिको प्रभाव बंगालका मतदाताहरूमाथि पर्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा