
पूर्व बर्दवान, 14 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको पूर्व बर्दवान जिल्लास्थित काटवा शहरमा बितेका दुई दिनदेखिको बेपत्ता एकजना युवकको शव शुक्रवार बिहान एक तलाउमा भेटियो। मृतकाको नाम कार्तिक माझी (30) हो जो कटवा शहरको भूतनाथतलाका निवासी थिए। परिवारको आऱोप छ, कार्तिकको हत्या गरिएको हो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
स्थानीय सूत्र अनुसार कार्तिक काटवा शहरको एक औषधि पसलमा कार्यरत थिए। तिनका पिता अनिल बाबूले सुन दोकानमा काम गर्दथे भने भाइले पनि सुन दोकानमै काम गर्दै आएको छ।
शुक्रवार बिहान स्थानीय मानिसहरूले घरदेखि केही टाड़ामा अवस्थित एक तलाउमा कार्तिकको शवलाई तौरिरहेको देखे। सूचना पाउनसाथ काटवा थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई बाहिर निकाल्यो।
परिवारको भनाइ छ, कार्तिक अचानक बेपत्ता हुनसक्दैन र जुन स्थितिमा उसको शव भेटिएको छ त्यसबाट उसको हत्या भएको स्पष्ट छ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको कारण पत्तो लाग्नेछ। हाल पुलिसले अप्राकृतिक मृत्युको मामिला दर्ता गरी जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा