देशका सात राज्यहरूमा भएका उपचुनाउको मतगणना शुरु
vote fraud nadapuram


नयाॅं दिल्ली, १४ नोभेम्बर (हि.स.)। देशका सातवटा राज्य जम्मू-कश्मीर, राजस्थान, झारखण्ड, तेलङ्गाना, पंजाब, मिजोरम र ओडिशाका आठ विधानसभा सिटहरूमा मंगलवार भएको उपचुनाउको लागि आज बिहान आठ बजे मतगणना शुरु भएको छ। आजै बिहार विधानसभा चुनाउको परिणाम पनि आउन लागेको छ। बिहारमा पनि मतगणना शुरु भइसकेको छ।

भारत निर्वाचन आयोगका अनुसार जम्मू-कश्मीरको बडगाम र नगरोटा, राजस्थानको अन्ता, झारखण्डको घाटशिला, तेलङ्गानाको जुब्ली हिल्स, पंजाबको तरनतारन, मिजोरमको डम्पा र ओडिशाको नुआपाड़ा सिटका लागि आज बिहान आठ बजे मतगणना सुरु भएको छ।उपचुनाउमा जम्मू-कश्मीरको बडगाम सिट निकै चर्चामा छ। यहाँ उपचुनाउ मुख्यमन्त्री उमर अब्दुल्लाले त्यागपत्र दिएको कारण भएको थियो। २०२४ को विधानसभा चुनाउमा उनले दुई सिट गांदरबल र बडगामबाट जितेका थिए। पछि, उनले गांदरबल सिट कायम राख्दै बडगामबाट राजीनामा दिए। बडगाम सिटका लागि २० जनाले उम्मेदवारी दिएका छन्।

नेशनल कान्फ्रेन्सले आग महमूद, पीडीपीले आगा सैयद मुंतजिर र भारतीय जनता पार्टी (भाजपा) ले सैयद मोहसिनलाई उम्मेदवार बनाएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande