बिहारको जनादेशलाई दिलीप घोषले बताए विकासको जीत
बिहारको जनादेशलाई दिलीप घोषले बताए विकासको जीत


कोलकाता, 14 नोभेम्बर (हि. स.)। दिल्ली विस्फोट मामिलामा भाजपा नेता दिलीप घोषले शुक्रवार भने, यो घटना एउटा ठूलो षड़यन्त्र थियो। जाँच एजेन्सीहरू लगातार मामिलाको सतहसम्म पुग्न जुटेका छन्। बिस्तारै आम जनताले बुझिरहेका छन् कि यस षड़यन्त्रको जरा कहाँसम्म फैलिएको थियो। सरकारले सबै दोषीहरूविरूद्ध कानूनी कारबाही गर्नेछ।अब देशबाट आतङ्कवादी गतिविधि लगभग समाप्त हुनेछ।

उनले अझ भने, बिहारको जनादेश विकास, स्थिरता औ सुशासनको पक्षमा आएको छ। यो जीतले बताउँछ कि देशका जनताले जातिगत राजनीतिलाई नकार्दै विकासलाई प्राथमिकता दिरहेका छन्। यो सकारात्मक सन्देशले सारा देशलाई नै प्रभावित पार्नेछ।

पत्रकारहरूसित बातचित गर्दै घोषले भने, सरकार र जाँच एजेन्सीहरू यस मुद्दामा पूर्ण रूपले सतर्क छन्। केही आरोपीहरूलाई पक्राउ गरिसकिएको छ र आगामी दिनमा आतंकवादको जरासम्म पुगेर समाधान गर्नेछ। यस षड़यन्त्रमा सामेल रहेका संस्थानहरूको खुलासा जाँच पश्चात हुनेछ, हरेक अपराधीको भण्डाफोर हुनेछ।

बिहार विधानसभा चुनाउमा एऩडीएको जीतलाई लिएर दिलीप घोषले भने, बिहारमा जब पनि राजनीतिक तरंग उठ्छ तब यसको प्रभाव पश्चिम बंगालसम्म आइपुग्छ। बिहारका जनताले अहिलेसम्म पनि लालू प्रसाद यादवको शासनकालको अराजकतलाई भुल्न सकेका छैनन्। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एऩडीए सरकारद्वारा गरिएको वास्तविक विकासलाई देखेका छन्। त्यसैले जनताले भाजपा र एऩडीएलाई आशीर्वाद दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande